मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

बलात्कारीलाई फाँसी दिनुपर्ने माग राख्दै अधिकारकर्मीको कपाल मुण्ठन

बलात्कारीलाई फाँसी दिनुपर्ने माग राख्दै अधिकारकर्मीको कपाल मुण्ठन


काठमाडौं । बलात्कारबाट मृत्यु भएका महिलाहरुको सम्झनामा अधिकारकर्मीले आज कपाल मुण्डन गरेका छन् । 
 
संविधान संशोधन गरेर बलात्कारीलाई फाँसीको व्यवस्था गर्नुपर्ने माग गर्दै अधिकारकर्मी महिला र पुरुषले कपाल मुण्डन गरेका हुन् ।
 
काठमाडौंमा आयोजित एक कार्यक्रममा अधिकारकर्मीले पत्रकार सम्मेलन गर्दै कपाल मुण्डन गरेका थिए । 
 
यसरी कपाल मुण्डन गर्नेमा अधिकारकर्मी साबित्री सुवेदी, प्रकाश गौतम, जितेन वान्तवा, ङावाङ नुरि शेर्पा, किशोर बुढाथोकी र हरिप्रसाद दुलाल रहेका छन् ।
  
पत्रकार सम्मेलनमा कपाल मुण्डन सरकारलाई बलात्कारजस्तो जघन्य अपराधमा संलग्नलाई मृत्युदण्डको कानून बनाउन दबाब दिने अभियान भएको बताइन् । 
 
भदौ २ गते माइतीघर मण्डलामा पेटिकोट लाएर प्रदर्शन गरेका अधिकारकर्मीले नयाँ नयाँ तरिकाले आन्दोलन गरिरहेको छन् ।