ड्यालस (टेक्सस) – लामो समयदेखि नेपाली कला संस्कृति र साहित्यको क्षेत्रमा कृयाशील निर शाहलाई टेक्ससमा सम्मान गरिने भएको छ ।
नेपाली समाज टेक्सस, श्रष्टा साँझ तथा हिमालयखबर अनलाइनको संयुक्त आयोजनामा शाहलाई सम्मान गर्न लागिएको हो । आउँदो शुक्रबार साँझ नेपाली मन्दिर अर्भिङमा शाहलाई सम्मान गर्ने कार्यक्रम तय भएको श्रष्टा साँझका प्रभात दीक्षितले जानकारी दिए ।
दर्जनौ नेपाली चलचित्रमा अभिनय, निर्देशन गरेका शाह साहित्यकार पनि हुन् । नेपाल टेलिभिजनको स्थापनामा महत्वपूर्ण काम गरेका शाहलाई टेक्ससमा सम्मान गर्न पाउनु नेपाली समुदायका लागि गौरवको विषय भएका दीक्षितले बताए ।
शाहलाई नेपाली चलचित्र प्राविधिक संघले अभिनय उपाधीले सम्मान गरिसकेको छ ।
प्रतिक्रिया