मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

फ्लोरिडाको गोलीकाण्डमा तीनको निधन

फ्लोरिडाको गोलीकाण्डमा तीनको निधन


 
ज्याकसनभिल (फ्लोरिडा) – अमेरिकाको दक्षिण–पूर्बी राज्य फ्लोरिडाको ज्याकसनभिलमा आइतबार दिउँसो भएको गोलीकाण्डमा कम्तिमा तीनजना व्यक्तिहरु मारिएका छन् । 
 
एउटा भिडियो गेम टुर्नामेन्टको क्रममा भएको गोलीकाण्डमा ती तीन व्यक्तिहरु सहित कम्तिमा १४ जना घाइते भएको प्रहरी अधिकारीहरुले जनाएका छन् । गोली डाउनटाउन ज्याकसनभिलमा रहेको वाटरफ्रन्ट शपिङ तथा डाइनिङमा हानिएको थियो । स्थानीय ज्याकसनभिल काउन्टीका सेरिफ अधिकारी माइक विलियम्सले दिएको जानकारी अनुसार गोली हान्ने एक व्यक्तिले समेत आत्महत्या गरेका छन् ।
 
६ महिना अघि फ्लोरिडाको पार्कल्याण्ड हाइस्कुलमा पनि गोलीकाण्ड भएको थियो । त्यसबेला १७ जनाको हत्या भएको थियो । 
 
तस्वीर साभारः WJXT/AFP