मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

प्रहरीको गोलीबाट कोलोराडोमा एक नेपाली युवाको मृत्यु

प्रहरीको गोलीबाट कोलोराडोमा एक नेपाली युवाको मृत्यु


डेनभर (कोलोराडो) – स्थानीय प्रहरीले गोली चलाउँदा कोलोराडो ब्रुमफिल्डमा शनिवार साँझ एक नेपाली युवाका मृत्यु भएको छ । 

स्थानीय मिडिया फक्सन्यूज अनुसार शनिवार सांझ ८ बजेर ४५ मिनेटमा एक जना प्रहरीको गोलीलागि एक युवाको मृत्यु भएको हो ।
 
प्रहरीको गोलीबाट अन्दाजी २५ बर्षका वेष्टमिनिष्टरमा स्थायी बसोवास गर्दै आएका बिरेन्द्र ठकुरीको निधन भएको छ । उनको शब अहिले स्थानिय अस्पतालमा राखिएको छ । समाचार अनुसार करिव ८ बजेर ४५ मिनेट जाँदा स्थानिय फ्रेडल बर्ड र स्टार्ट फोर्ड लेक ड्राइभमा केही व्यक्तिले सडकमा होहाल्ला गरेको प्रहरीले टेलिफोन मार्फत सुचना प्राप्त गरेको वेष्टमिनिष्टर प्रहरीले जनाएको छ   ।
 
किन प्रहरीले गोली चलायो कुनै कारण स्पष्ट गरिएको छैन । स्थानिय मिडियाले प्रहरीले गोली लागेका युवालाई अस्पताल लिएर गएको थियो । त्यहाँ उनलाई मृत घोषणा गर्यो भन्ने उल्लेख गरेको छ ।
 
काठमाडौका मृतक ठकुरीको परिवार वेष्टमिनिष्टरमा वस्दै आएका थिए । घटना स्थल कोलोराडोको मुख्य शहर डेनभर नजिकै पर्छ  । 
 
घरमा दाई र आमा छन् । यो समाचार आएपछि नेपाली समुदायका सदस्यहरु उनको घरमा पुगेका छन् । काठमाडौ घर भएका ठकुरी अमेरिकामा स्थायीरुपमा वसोबास गर्दै आएको वताईएको छ ।
 
घटना पछि उनको घरमा पुगेका छिमेकीले दुई जना दाजुभाई सांझ उक्त सडकमा पैदल हिडिरहेका थिए । 
 
त्यही वेला प्रहरीसँग साक्षात्कार भएका थिए । किन प्रहरीले गोलि चलायो थाहा हुन नसकेको उनले बताए । 
 
आमा बेहोस अवस्थामा रहेकी छन् । सँगै गएका दाईलाई पनि प्रहरीले हड्कडी लगाएर हिरासतमा लिएका थियो । 
 
तर उनलाई राती अबेर पुलिसले छाडिदिएको थियो । दाई अहिलेसम्म उठेका छैनन त्यसैले घटना किन कसरी भयो थाहा छैन  छिमेकीले भने । प्रहरीको गोली पेट तिर लागेको वताईएको छ  । 
 
यसको विस्तृत विवरण आउन बाँकी छ ।