मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

प्रेस स्वतन्त्रतालाई कुण्ठित बनाउने प्रावधान संशोधन गर्न देउवाको माग

प्रेस स्वतन्त्रतालाई कुण्ठित बनाउने प्रावधान संशोधन गर्न देउवाको माग


काठमाडौँ । प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाले फौजदारी एवं देवानी संहितामा रहेको प्रेस स्वतन्त्रतालाई कुण्ठित बनाउने प्रावधान संशोधनको प्रक्रिया अघि बढाउन माग गरेका छन् । 
 
आइतबारको बैठकमा विशेष समय लिएर नेता देउवाले प्रेस स्वतन्त्रताविना लोकतन्त्र सुदृढ हुन नसक्ने भएकाले कानून संशोधनको तयारी शुरु गर्न माग गरे । 
 
“बालिकामाथि हुने गरेको बलात्कारको शृङ्खलामा सरकारले दोषी पत्ता नलगाउँदा असन्तुष्टि बढेको छ, प्रधानमन्त्रीले कस्तो लोकतन्त्रको अभ्यास गर्दै हुनुहुन्छ, यस्ता घटनाका दोषीलाई कानूनी कारवाहीको दायरामा ल्याइनुपर्छ”, अर्को प्रसङ्गमा उनले भने । 
 
सरकारले संविधानको धारा २५० बमोजिम प्राकृतिक स्रोत तथा वित्तीय आयोग गठन नगर्दा करका विषयमा समस्या आएकाले शीघ्र गठन गर्न नेता देउवाले सरकारको ध्यानाकर्षण गराए । 
 
उखु किसानले मूल्य नपाएको र किसानले समयमा मल नपाएकाले उचित व्यवस्था मिलाउन पनि नेता देउवाले ध्यानाकर्षण गराएका थिए । रासस