मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएपछि कञ्चनपुर तनावग्रस्त, अनिश्चितकालीन कफ्र्यु

प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएपछि कञ्चनपुर तनावग्रस्त, अनिश्चितकालीन कफ्र्यु


भीमदत्तनगर । कञ्चनपुरको भीमदत्तनगरमा जारी आन्दोलनले उग्ररुप लिएपछि शुक्रबार राति ८ बजेदेखि अनिश्चितकालीन कफ्र्यु लगाइएको छ । 
 
कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीले कफ्र्यु आदेश जारी गरी अर्को आदेश नभएसम्मका लागि कफ्र्यु लगाइएको जानकारी दिए । शुक्रबार बेलुकी एक्कासि आन्दोलन उग्र हुँदा प्रहरी र आन्दोलनकारीबीच झडपसमेत भएको थियो ।
 
यहाँको ट्राफिक चोकमा भएको झडपमा प्रहरीले गोली चलाउँदा भीमदत्तनगरपालिका–१८ का १४ वर्षीय सनी खुनाको मृत्यु भएको छ भने गोली लागेर घाइते भएका पाँच जनालाई महाकाली अञ्चल अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि धनगढीतर्फ पठाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । स्थानीय प्रशासन र सुरक्षा निकायका अधिकारीहरुले मृतकको विषयमा धारणा व्यक्त गर्न मानेका छैनन् । 
 
शुक्रबार दिउँसोसम्म सामान्य बन्दै गएको भीमदत्तनगर एकाएक अशान्त बनेपछि पुनः प्रशासनले कफ्र्यु लगाएको जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जनाएको छ । आन्दोलनका कारणस्थिति जटिल बनेपछि प्रशासनले बिहीबार पनि बेलुकी ५ बजेदेखि शुक्रबार बिहान ५ बजेसम्म कफ्र्यु लगाएको थियो । 
 
बालिका निर्मलाको गत साउन १० गते हत्या भएको थियो । उनको शव साउन ११ गते उखुबारीमा भेटिएयता कञ्चनपुरको भीमदत्तनगरमा चरणबद्ध आन्दोलन हँुदै आएको छ । घटनाको छानबिनका लागि गृहमन्त्रालयले गठन गरेको उच्चस्तरीय टोली शुक्रबार बिहान भीमदत्तनगर पुगेको थियो । रासस

शेयर गर्नुहोस:

0
Shares