न्यूयोर्क (अमेरिका) – प्रवासी मञ्च अमेरिकाले नेपालको संघीय संसदका दुइ सांसदहरूको भूमिकाप्रति खुशी व्यक्त गर्दै धन्यवाद ज्ञापन गरेको छ ।
संसारभरि छरिएर रहेका गैर अावासीय नेपालीहरूले पनि नेपालमा रहेका नेपाली सरह नागरिकता प्राप्त गर्नेगरि संशोधन विधयक संसदमा दर्ता गराउन भूमिका खेलेकोमा सूर्य पाठक र कृष्णभक्त पोखरेललाइ धन्यवाद ज्ञापन गरिएको हो । मञ्चले विज्ञप्ती प्रकाशित गर्दै लामो समयसम्म जापानमा बसेर प्रवासी मञ्चको गतिविधिमा सकृय बाग्लुङबाट निर्वाचित पाठक र चितवनबाट निर्वाचित पोखरेलप्रति अाभार व्यक्त गरेको छ ।
विदेशमा रहेका नेपालीहरूलाइ पनि नेपालमा रहेका नेपाली सरह हक र अधिकार दिनुपर्ने गरि दर्ता गरिएको प्रस्ताव हु बहु पारित हुनेमा मञ्च विश्वस्त रहेको छ । नेपाल सरकारले संसदमा पेश गरेको नागरिकता विधयकमा विदेशमा रहेका नेपालीहरूको विषयमा गोलमटोल अवस्था रहेको भन्दै विदेशका नेपालीहरूले गुनासो गर्दै अाएका छन् ।
पाठक र पोखरेलद्वारा पेश गरिएको प्रस्ताव संसदको राज्य व्यबस्था समितिमा केही दिनमै पेश हुनेछ । मञ्चले प्रस्ताव हुबहु पारित हुनेमा विश्वास लिएको छ ।
प्रतिक्रिया