मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

‘अधिनायकवाद’ विरुद्ध नेपाली कांग्रेस अमेरिकामा प्रदर्शन गर्दै

‘अधिनायकवाद’ विरुद्ध नेपाली कांग्रेस अमेरिकामा प्रदर्शन गर्दै


न्यूयोर्क (अमेरिका) – नेपाल कम्युनिष्ट पार्टी नेतृत्वको सरकारले ‘अधिनायकवाद ल्याएको’ भन्दै नेपाली कांग्रेसले भोली बुधबार अमेरिकामा प्रदर्शन गर्ने भएको छ ।
 
नेपाली कांग्रेस निकट प्रवासी संगठन ‘जनसम्पर्क समिति अमेरिका’ को आयोजनामा बुधबार दिउँसो न्यूयोर्क र राजधानी वासिङटन डिसीमा 'विशाल प्रदर्शन' गर्न लागिएको समितिले जनाएको छ । 
 
जनसम्पर्क समिति अमेरिकाका सभापति तथा नेकाका आमन्त्रित केन्द्रिय सदस्य आनन्द विष्टले मंगलबार विज्ञप्ती जारी गर्दै नेकपाको सरकारले स्वतन्त्र न्यायालयमाथि नियोजित हस्तक्षेप गरेको,प्रेस स्वतन्त्रताको संवैधानिक प्रत्याभूतिमाथि पनि धावा बोलेको र कम्युनिष्ट सरकारले गरेका कतिपय कार्यहरुले अधिनायकवादी शासन व्यवस्थाको पूर्वाभ्यासको संकेत गरेको हुँदा त्यस विरूध्द प्रदर्शनमा सहभागी हुन आव्हान गरेका छन् । 
 
विष्टले अधिनायकवाद यस्तै गतिविधिहरुका कारण आउने गरेको समेत उल्लेख गर्दै कम्युनिष्ट सर्वसत्तावाद विरूध्द एकजुट हुन अपिल गरेका छन् । नेपाली कांग्रेसको निर्देशनमा विदेशमा समेत गर्न लागिएको यस प्रकारको प्रदर्शनी बुधबार न्यूयोर्क र डिसीमा गर्दै नेपाली दुतावास तथा महाबाणिज्यदूतावासमा ज्ञापनपत्र बुझाउने कार्यक्रम राखिएको छ ।
 
नेकपाको सरकारले अधिनायकवाद भित्राएको भन्दै नेपाली कांग्रेसले मंगलबार नेपालमा देशव्यापी रूपमा जुलुश गरेको थियो । मंगलबार संसारभर ३३ देशमा जुलुश प्रदर्शन गर्न लागिएको कांग्रेसले जनाएको छ ।
 
जनसम्पर्क समितिको विज्ञप्तिमा भनिएको छ–‘विगतमा हाम्रो पार्टीका आदरणीय सभापति शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा गरिएको विधिसम्मत नियुक्तीलाई गैरकानुनी खारेज गर्ने, संसदमा सभामुख र उपसभामुख अलग अलग पार्टीबाट हुनुपर्ने प्रावधानलाइ उल्लंघन गर्ने लगायतका कार्य गरेर सरकारले आफुलाई लोकतन्त्रको मान्यता विरुद्ध उभ्याएको छ ।’