मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

आइतबार अर्भिङमा निशुल्क स्वास्थ शिवीर हुँदै

आइतबार अर्भिङमा निशुल्क स्वास्थ शिवीर हुँदै


हिमालयखवर संवाददाता
ड्यालस (टेक्सस) – नेपाली समाज टेक्ससले आउँदो आइतबार निशुल्क स्वास्थ शिवीर आयोजना गर्ने भएको छ ।
 
अगष्ट ५ तारिक आइतबार नेपाली मन्दिरमा निशुल्क स्वास्थ शिविर आयोजना गर्न लागिएको नेपाली समाज टेक्ससका अध्यक्ष सुमन थापाले जानकारी दिए । बिहान १० देखि १ बजेसम्म शिवीर सञ्चालन हुने भएकोले समयमै शिवीर स्थलमा पुगेर नाम दर्ता गराई स्वास्थ जाँच गराउन समेत नेपाली समाजले आव्हान गरेको छ ।
 
शिवीरमा डिएफडब्लु एरियामा रहेका नेपाली चिकित्सकहरु डा. सञ्जीव श्रेष्ठ, डा. झरना श्रेष्ठ, डा. विष्णु सापकोटा र डा. शर्मिला श्रेष्ठले निशुल्क स्वास्थ जाँच गर्नेछन् । ल्याब लगायतको सेवाका लागि समेत शिविरमा अलग्गै व्यबस्था गरिएको छ । ल्याबको लागि २० डलर तिरेर अलग्गै स्थानमा सेवा लिन सकिने नेपाली समाजले जनाएको छ। 
 
शिवीरमा ब्लड प्रेसर, ब्लड सुगर, तौल लगायत जाँच गरिने जनाइएको छ । आइतबार समयमै मन्दिरमा उपस्थित भएर शिवीरको सेवा लिन स्थानीय समुदायसँग नेपाली समाज टेक्ससले आग्रह गरेको छ ।