मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

जोशीलाई बेलायतमा ‘सर्वोत्तम उद्यमी’ अवार्ड

जोशीलाई बेलायतमा ‘सर्वोत्तम उद्यमी’ अवार्ड


लण्डन । गैरआवासीय नेपाली संघ (एनअारएन) अमेरिका संयोजक गौरीराज जोशी वर्षका उत्कृष्ट उद्यमीको उपाधिले सम्मानित भएका छन् । 
 
बेलायतबाट संचालित नेपाल–ब्रिटेन डटकमको ११ औं वार्षिकोत्वसको अवसर पारेर उनलाई सो अवार्ड घोषणा गरिएको हो । जोशीलाई एनआएनको युरोप क्षेत्रीय वैठकको अवसर पारेर संघका संरक्षक जीवा लामिछाने र अध्यक्ष भवन भट्टले संयुक्त रुपमा सो अवार्डबाट सम्मान गरियो । 
 
नेपाल–ब्रिटेन डट कमले बेलायतस्थित नेपाली समुदायका १० जना समाजसेवीका अतिरिक्त विश्वभर छरिएका सफल नेपाली मध्यवाट जोशीलाई चयन गरेको थियो ।
 
सम्मान गर्दै संरक्षक जीवा लामिछानेले जोशीलाई सम्मान गर्न पाउँदा आफुलाई खुशी लागेको बताए । उनले भने ‘गौरीजीको पौरख मेरो आँखाले देखेको छु, सो अवार्डबाट सम्मान गर्ने गरेको निर्णय साँच्चिकै राम्रो हो’ । 
 
जोशी चितवनमा रहेको पुर्ख्याली जग्गा बेचेर उनी २१ वर्ष अघि पढाईको लागि अमेरिका पुगेका थिए ।
 
उनले सन् २००० मा टेक्ससको ड्यालसबाट इन्फरमेसन टेक्नोलोजीमा स्नाकोत्तर गरेका छन् ।
 
आईटी क्षेत्रमा लोकप्रिय कम्पनी एटीएन्डटीमा जागिर सुरु गरेका जोशीले सन् २००७ मा व्यवसायीक गोरेटो तय गर्न सफल भएर भास्तिका नाम आईटी कम्पनी खोलेर आइटी बजारमा व्यवसाय सुरु गरेका थिए । अहिले भास्तिकामा करिब पाँच हजार व्यक्तिहरू कार्यरत छन्।
 
अमेरिकन, युरोपियन, वंगलादेशी, अफ्रिकन, वंगलादेशी, श्रीलंकाली मात्र होइन अष्ट्रेलियन नागरिकहरुलाई उनले रोजगारी दिएका छन् ।