मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

नेपाली समाजको समरक्याम्प समापन

नेपाली समाजको समरक्याम्प समापन


हिमालयखवर संवाददाता
ड्यालस (टेक्सस) – नेपाली समाज टेक्ससद्वारा बालबालिकाका लागि आयोजित दुई हप्ते ‘समरक्याम्प’ आइतबार समापन भएको छ ।
 
गत जुलाई १५ देखि सुरु भएको समरक्याम्पमा यसपटक ९३ जना बालबालिकाहरु सहभागी थिए । त्यस्तै १५ जना बालबालिकाहरुले भोलेन्टियरका रुपमा काम गरेका थिए ।
 
समरक्याम्पलाई नेपाली समाज टेक्सस कार्यसमितिकी महिला संयोजक आइशा ओझाले असाध्यै मनोरञ्जनात्मक तथा शिक्षाप्रद रुपमा सञ्चालन गरेको प्रतिकृया अभिभावकहरुको थिए। ओझाले क्याम्पको कोअर्डिनेटर-डाइरेक्टरको रुपमा निकै मेहनत गरेर सञ्चालन गरेकोले प्रभावकारी देखिएको धारणा धेरै अभिभावकहरुको थियो । 
 
विगतका समर क्याम्पभन्दा निकै फरक ढंगमा सञ्चालन भएको यसपटकको क्याम्पमा बालबालिकाहरुले निकै रमाइलो मानेर सहभागी भएका थिए ।
 
विगतका समरक्याम्पमा बालबालिकाहरुलाई आध्यात्मिक, नैतिक शिक्षा, धर्म संस्कृतिका बारेमा बढी केन्द्रित गरिएको थियो । यसपटक भने चित्रकला, अभिनय, युटूब भिडियो, माटोबाट बनेका सामग्री, संगीत, आध्यात्मिकताका बारेमा समेत ज्ञान दिइएको ओझाले बताइन् । 
 
समरक्याम्पकै क्रममा कन्दरा व्याण्ड र स्थानीय एफवान व्याण्डले आफ्नो कला देखाएर बालबालिकाहरुलाई मन्त्रमुग्ध बनाएका थिए । 
 
आइतबार आयोजित समापन समारोहमा सहभागी बालबालिकाहरुका अतिरिक्त बिभिन्न क्षेत्रमा उत्कृष्ठ प्रदर्शन गर्नेहरुलाई अवार्ड समेत वितरण गरिएको थियो । समापन समारोहमा नेपाली समाज टेक्ससका अध्यक्ष सुमन थापा, अभिभावकको तर्फबाट विजयराज भट्टराई, क्याम्प कोअर्डिनेटर ओझाले बोलेका थिए । 
 
कार्यक्रमको अन्तिममा समर क्याम्प सम्पन्न गराउन सहयोग गर्नेहरुलाई समेत अवार्ड वितरण गरिएको थियो ।