मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कला   

सिंहदरबार–२’ को टिजर सार्वजनिक

सिंहदरबार–२’ को टिजर सार्वजनिक


बहुप्रतिक्षित टेलिश्रृंखला ‘सिंहदरबार–२’ को टिजर सार्वजनिक भएको छ । अमेरिकी अन्तर्राष्ट्रिय सहयोग नियोग (युएस्एआईडी)को आर्थिक सहयोगमा सर्च फर कमन ग्राउण्ड र शुभ मिडिया होमले उत्पादन गरेको टेलिश्रृंखला ‘सिंहदरबार–२’ टिजर आज युट्युबमार्फत सार्वजनिक गरिएको हो ।

टिजरमा गौरी मल्ल, प्रमोद अग्रहरी, रमेश रञ्जन झा, हेमन्त चालिसे, बादल भट्ट, प्रकाश घिमिरे, देशभक्त खनाल, आलोक थापा, प्रभात रिमाल, सबिना गोपाली, कृष्ण शिवाकोटी लगायतका कलाकार देखिएका छन् ।

पहिलो सिजनको सफलतापछि निर्माण गरिएको टेलिश्रृंखला सिंहदरबारको दोस्रो सिजनको निर्देशन नवीन सुब्बाले गरेका छन् । समसामयिक राजनीतिक तथा सामाजिक विषयवस्तुमा केन्द्रित भएर निर्माण गरिएको सिंहदरबार-२ ले सहकार्यात्मक नेतृत्व र सुशासनको माध्यमबाट नेपालमा कानुनी शासनको सुदृढिकरणमा जोड दिएको छ । साउनको दोस्रो सातादेखि नेपाल टेलिभिजनबाट प्रसारण हुने तयारीमा रहेको टेलिश्रृंखला ‘सिंहदरबार–२’ १३ भागको छ ।

हेर्नुहोस् टिजर: