हिमालयखवर संवाददाता
अमेरिका –
पैसा कमाउन कसलाई मन लाग्दैन ? तर, यो पनि सजिलो छैन । मंगलवार खोल्ने मेगा मिलियन ज्याकपट पर्नु असंभव जस्तै हो । तर, यो परिहाल्यो भने सजिलै एकाएक धन कुवेर नै हुन सकिन्छ । यसका लागि दुई रुपैंया खर्च गरेर मेगा मिलियन चिठ्ठा किन्नु पर्छ ।
मंगलवार खुल्ने मेगा मिलियन ज्याकपटको पुरस्कार राशी ५१ करोड २० लाख डलर पुगेको छ । यसको नेपाली रुपैंयामा करिव ५३ अर्ब हुन्छ । यो मेगा मिलियनको १६ बर्षको इतिहासमा पाँचौ सवैभन्दा ठुलो राशी पुगेको हो ।
सन् २०१२ मार्चमा मेगा मिलियन ज्याकपटको लटरीको राशी ६५ करोड ६० लाख डलर पुगेको थियो । यसका तीन जना विजेता थिए । इलिनियोस, क्यान्सस र मेरिल्याण्ड राज्यवाट चिठ्ठा किन्नेलाई लटरी परेको थियो ।
यो चिठ्ठा वासिङटन डिसी, युएस भर्जिन आईल्याण्ड लगायत ४४ राज्यमा किन्न पाइन्छ । मेगा मिलियन पर्न ६ वटा नम्बर मिल्नुपर्छ । यी ६ जादुमय नम्बरले नै एकाएक अर्बपति वनाउने छ ।
कैयौं साना देशभन्दा पनि धनी हुने मौका दिने छ । तर, मेगा मिलियन मात्र होइन यी नम्बरवाट विभिन्न ९ प्रकारले पैसा जित्न सकिन्छ । पाँचवटा नम्बर मिल्यो भने पनि केही पैसा पाइन्छ । चिठ्ठा धेरै स्थानमा किन्न पाइन्छ । नजिकको ग्याँस स्टेशन, लिकर सप, ठुलो पसलहरुले पनि चिठ्ठा विक्री गर्छन ।
अमेरिकामा मेगामिलियन लटरी निकै चर्चित छ । एक तथ्यांक अनुसार अमेरिकाको जनसंख्याको झण्डै ४९ प्रतिशतले मेगा मिलियन किन्छन् । यसलाई आधार मान्दा करिव १६ करोड जतिले मेगामिलियन किन्ने देखिन्छ । फोटो: सामाजिक संजाल







प्रतिक्रिया