मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

नर्थक्यारोलाइनामा भानु जयन्ती

नर्थक्यारोलाइनामा भानु जयन्ती


नर्थक्यारोलाइना (अमेरिका) – नर्थ क्यारोलाइना नेपाली साहित्य समाज तथा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले नेपाल सेन्टर अफ नर्थ क्यारोलाइना र नेपाली पाठशालासँग  मिलेर  भानुभक्त सम्बन्धि  बाल वक्त्रित्वकला प्रतियोगिता, खुल्ला कविता वाचन, भानुभक्तको नेपाली योगदान सम्बन्धी प्रवचन कार्यक्रम सहित भानु जयन्ती मनाएको छ ।
 
जुलाइ २१ मा भएको कार्यक्रमको पहिलो चरणमा 'भानुभक्त र नेपाली भाषा' विषयक वक्तृत्वकला प्रतियोगिता भएको थियो ।  जस अनुसार केजीदेखि २ कक्षासम्म, ३ देखि ५ कक्षा सम्म, ६ देखि ८ कक्षा सम्म र ९ देखि १२ कक्षा सम्मका २२ जना प्रतिस्पर्धीहरु थिए। 
 
पहिलो समूहमा साइन लामिछाने, विभुषा गौतम र प्रिन्स गौतम क्रमशः प्रथम, द्वितीय र तृतीय भएका थिए। यसैगरी दोस्रो समूह अन्तर्गत निर्विरोध तिमिल्सिना, सेजल घिमिरे र बिभु पोखरेल पहिला, दोस्रा र तेस्रा भएका थिए। 
 
तेस्रो समूह अन्तर्गत समी घिमिरे, मोनिका चौलागाईं र सुहानी ढुङ्गेल क्रमश: प्रथम, द्वितीय र तृतीय भएका थिए। त्यसै गरि चौथो समूह अन्तर्गत आयुष्मा शर्मा र सम्पदा आचार्य क्रमशः प्रथम र द्वितीय भएका थिए। 
 
विजयी हुने बालबालिकाहरुलाई कार्यक्रम सभापति मनोज प्रधान, एनसीएनसीका अध्यक्ष डा. बटु शर्मा, प्रमुख अतिथि डा. नारायण राजभण्डारी र भानुभक्त भेषधारी विक्रम गौतमले संयुक्त रुपमा पुरस्कार, पदक र प्रमाणपत्र प्रदान गरेका थिए ।
 
कार्यक्रमकाे दाेस्राे चरणमा भानुभक्तको भेषमा आएका विक्रम गाैतमले भानुभक्तले विभिन्न समयमा विभिन्न कविताहरु सुनाएका थिए । उनले भानुका बारेमा थप प्रष्ट पार्दै रामायण लगायत बिभिन्न समयका पुस्तकहरुका बारेमा सारांशमा चर्चा गरेका थिए ।
 
यसै क्रममा शिखर दुलालले भानुभक्तको कान्तिपुरी नगरी कविता पाठ गरेका थिए । साथै वहाले हालकाे कान्तिपुरकाे अवस्था त्याे वेला जस्ताे नभएकाे भन्दै भानुभक्तीय कान्तिपुरी नगरी कविताकाे जवाफ राेचक ढंगले प्रस्तुत गरेका थिए । कार्यक्रममा गीता बस्नेत, उमा शर्मा, निर्मला राजभण्डारी, सुजाता ढुङ्गेल, नम्रता आचार्य र मनोज प्रधानले कविता वाचन गरेका थिए । 
 
कार्यक्रमकाे तेस्राे चरणमा नर्थ क्याराेलाइना नेपाली साहित्य समाजका अध्यक्ष मनाेज प्रधानले संस्थाको संक्षिप्त इतिहास प्रस्तुत गरेका थिए । 
 
उक्त कार्यक्रममा नर्थ क्याराेलाइना नेपाली साहित्य समाजको आगामी दुइ बर्षको लागि नयाँ नेतृत्वको पनि घोषणा गरिएको थियो। जस अनुसार अध्यक्ष शिखर दुलाल, बरिष्ठ उपाध्यक्ष नम्रता आचार्य, उपाध्यक्ष शिशिर खनाल, महासचिव निर्मला राजभण्डारी र कोषाध्यक्षमा सुजाता ढुङ्गेल निर्विरोध चुनिएका छन् ।  
 
यसै गरी सदस्यहरूमा डा.अच्युत शर्मा, डा.ऋषि वस्ताकोटी, विक्रम गाैतम, सुवास ढकाल, गिता बस्नेत र डा दिपेन्द्र अर्याल रहेका छन् । निर्विरोध निर्वाचित वर्तमान शिखर दुलाललाई तत्कालिन अध्यक्ष मनोज प्रधानले अध्यक्षता पद हस्तान्तरण गर्दै वधाई तथा शुभकामना दिएका थिए । 
 
अध्यक्ष पद ग्रहण गर्दै नवनिर्वाचित अध्यक्ष शिखर दुलालले सबैकाे सहयाेगकाे अपेक्षा गर्दै अबकाे खेल हामी सबै मिलेर खेलेमा मात्र शिल्ड हात पर्ने उल्लेख गरे । कार्यक्रममा  समाजकी सदस्य सुजाता ढुङ्गेलले स्वागत गरेकी थिइन् भने कार्यक्रम सन्चालन कवयित्री नम्रता आचार्यले गरेकी थिइन् ।