मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

अमेरिकाका नेपाली पत्रकारहरूमा नयाँ नेतृत्व चयन

अमेरिकाका नेपाली पत्रकारहरूमा नयाँ नेतृत्व चयन


 

सियाटल (अमेरिका) – नेपाल अमेरिका पत्रकार संघ (नेजा) को अध्यक्षमा सुदीपराज पन्त चुनिएका छन् ।

आइतबार अमेरिकाको पश्चिमी राज्य वासिङटनको सियाटलमा सम्पन्न नेजाको छैठौँ अधिवेशनले पन्तलाई आउँदो दुई वर्षका लागि निर्विरोध रुपमा अध्यक्ष चयन गरेको हो । नेजा अमेरिकामा रहेका नेपाली पत्रकारहरुको साझा संस्था हो ।

निर्विरोध रुपमा चयन भएका पदाधिकारीहरुमा विकासराज न्यौपाने, किरण मरहट्ठा, सुरज भण्डारी र मच्छेदेवी गुरुङ क्रमशः उपाध्यक्ष, महासचिव, सचिव र कोषाध्यक्षमा रहेका छन् । त्यस्तै क्षेत्रीय संयोजकहरुमा पूर्बक्षेत्रबाट कल्पना घिमिरे, डिसी भर्जिनिया मेट्रोक्षेत्रबाट लीलादेवी ओझा, मध्यक्षेत्रबाट रामचन्द्र भट्ट र पश्चिमी क्षेत्रबाट गोकुलप्रसाद ढकाल चयन भएका छन् ।

त्यस्तै सदस्यहरुमा निदेश अधिकारी, शेरबहादुर केसी र बाबुराम खरेल रहेका छन् । कार्यसमितिको पहिलो बैठकले रिक्त एक सदस्य पदमा नेजाका पूर्ब सचिव अग्नीप्रसाद चौलागाईलाई मनोनयन गर्ने निर्णय गरेको छ । त्यस्तै संस्थाका पूर्व अध्यक्षहरूलाइ सल्लाहकारमा मनोनित गर्ने निर्णय पनि भएको छ । 

नेजाको सल्लाहारमा गिरीश पोखरेल, योगेश उपाध्याय, अाङछिरिङ शेर्पा, गाैतम दाहाललाइ सल्लाहकारमा मनोनयन गरिएको छ । त्यस्तै निवर्तमान अध्यक्ष भोला अाचार्य कार्यसमितिमा पदेन सदस्य रहनेछन् । 

सोही बैठकले नेजाको पूर्ब कार्यसमिति, निर्वाचन आयोग, नेपाल पत्रकार महासंघ र अधिवेशन आयोजक समितिलाई धन्यवाद प्रस्ताव समेत पारित गरेको छ ।

नवनिर्वाचित अध्यक्ष पन्त अमेरिकाको क्यालिफोर्निया राज्यको लसएन्जलसमा बस्दै आएका छन् ।

साधारण सभाको उद्घाटन शनिबार नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले गरेका थिए । उद्घाटन कार्यक्रममा आचार्यले नेजानै अमेरिकामा रहेका नेपाली पत्रकारहरुको संस्था रहेकोले नेपाल पत्रकार महासंघसँग आवद्धता रहेको उल्लेख गरे ।

आचार्यले आगामी दिनमा पत्रकार महासंघको साधारण सभामा नेजालाई प्रतिनिधिको हैसियतमा सहभागी हुन समेत आव्हान गरे ।

नेजा र महासंघबीच सन् २०१३ मा समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो पत्र अनुसार नेजा र महासंघबीच समन्वयमा बिभिन्न कार्यक्रमहरु हुँदै आएका छन् । सोही समझदारीपत्र अनुसार नेजाले स्थापना गरेको दुईलाख २२ हजार २ सय २२ रुपैयाँ राशीको ग्रामीण पत्रकारिता पुरस्कार यसवर्ष ओखलढुंगास्थित कान्तिपुर संवाददाता कुम्भराज राई प्रदान गर्ने निर्णय भएको छ ।  

शेयर गर्नुहोस:

0
Shares