हिमालयखवर संवाददाता-
ह्युस्टन , टेक्सास । ह्युस्टन नेपाली समुदायमा रक्तदानको सन्दर्भ आउनसाथ प्रशान्ती पंडितको नाम जोडिएर आउँछ । केही वर्षयता नेप्लिज एशोसिएसन अफ ह्युस्टनले आयोजना गर्ने रक्तदान कार्यक्रमको संयोजन कुशलतापुर्वक उनैले गरेकि छन् । एनएएचकि कार्यकारी सदस्य प्रशान्तीको सक्रियता र लगन नै रक्तदान कार्यक्रमको सफल आयोजन हो भन्नेहरु धेरै छन् यहाँ ।
गत जुलाई १४ , शनिवार पनि प्रशान्तीकै संयोजनमा एनएएचले रक्तदान कार्यक्रम आयोजना गरेको थियो , जस्मा २९ जना दाताहरुबाट ३२ युनिट रगत संकलन गरियो । गल्फकोष्ट रिजनल व्लड सेंटरको सहयोगमा संचालित उक्त कार्यक्रममा १८ जना नयाँ रक्तदाताहरु सहभागी भएका थिए ।
यो वर्ष मात्रै हिजोको रक्तदान कार्यक्रम दोश्रो पटक आयोजना गरिएको हो । नेप्लिज एशोसिएसन अफ ह्युस्टनका अध्यक्ष ज्योति घिमिरेले ६० पटक रक्तदान गरेर रेकर्ड कायम गरेका छन् । ह्युस्टन नेपाली समाजमा रक्तदानप्रति रुची र उत्साह बढ्दै गएको श्रेय नेप्लिज एशोसिएसन अफ ह्युस्टनलाई जान्छ , जस्ले केही वर्षदेखि यस्तो कार्यक्रमलाई प्राथमिकतामा राखेको छ ।
हिजोको रक्तदान कार्यक्रममा एनएएचका सल्लाहकार डा. राजेन्द्र श्रेष्ठले रक्तदान गर्नेहरुकालागि खानाको सौजन्य गरेका थिए । सधैं झैं रक्तदान कार्यक्रममा एनएएचका पदाधिकारीहरु , यहाँका सक्रिय सामाजिक अभियन्ताहरु लगायत युवाहरुको सहभागिता देखिन्थ्यो ।
प्रतिक्रिया