मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

खेलकुद   

फ्रान्स फुटवलको विश्व विजेता

फ्रान्स फुटवलको विश्व विजेता


रसिया – फ्रान्स फुटवलको विश्व बजेता भएको छ । आइतवार भएको २१ अाैं विश्वकपको फाइनलमा नवोदीत क्रोएसियालाइ ४-२ ले हराउँदै फ्रान्स विजयी भएको हो ।
 
 
पहिलो पटक फाइनलमा पुगेको क्रोएसियाले २ गोल मात्र गर्यो । बल अधिकांश समय क्रोसियाका खेलाडीको खुट्टामा रहेपछि फ्रान्सका खेलाडीले राम्रो क्रसलाई गोलमा परिणत गर्दा अग्रता लिएको हो । खेल शुरु भएको १८ मिनेटमा क्रोसियाका खेलाडीले हेड गरेर बललाई मैदान बाहिर फ्याँक्न खोज्दा आफ्नै पोष्टमा सुसाइड गोल हुन पुगेको थियो ।
 
खेलको २८ मिनेटमा सुन्दर गोल गर्दै क्रोएसियाले बराबरी गर्यो ।  फ्रान्सले ३८ मिनेटमा पेनाल्टी पायो । क्रोएसियाका खेलाडीले फ्रान्सको डी एरियामा हातले छोएका कारण रेफ्रीले पेनाल्टी दिएका थिए । यो पेनाल्टीलाई सदुपयोग गर्दै फ्रान्सले पुन अग्रता लिएको थियो ।
 
हाल्फटाइम पछि ६ मिनेटको अन्तरमा फ्रान्सले लगातार दुई गोल गर्यो । क्रोएसियाको डिफेन्समा रहेको कमजोरीको फाइदा उठाउँदै यी गोल भएका थिए । यी दुई गोलले नै फ्रान्स फुटबलको विश्व विजेता भयो । 
 
खेलको ६९ मिनेटमा क्रोसियाले एक गोल फिर्ता गरेको थियो । तर, पनि यो जीतका लागि पर्याप्त थिएन । यसपछि क्रोएसियाले कयौं प्रयास गरेपनि गोल भने गर्न सकेन । यसले गर्दा यो विश्वकपमा आक्रमक रुपमा अगाडी आएको युरोपको करिब ४३ लाख जनसंख्या मात्र भएको देश क्रोएसियाले उपविजेताका रुपमा चित्त बुझाउनु पर्यो । 
 
फ्रान्सले विश्व कप उचालेको यो दोस्रो पटक होे । यस पटक लिग चरणका खेल देखिनै फ्रान्सका खेलाडीले राम्रो र चुस्त खेल कौशल देखाएका थिए ।

शेयर गर्नुहोस:

0
Shares