मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

पौडी खेल्न जांदा डुबेका नेपाली विद्यार्थी अमिर शाहीको निधन

पौडी खेल्न जांदा डुबेका नेपाली विद्यार्थी अमिर शाहीको निधन


हिमालयखवर संवाददाता
लसएञ्जल्स(अमेरिका)- क्यालिफोर्निया लसएञ्जल्समा साथिहरुसंग पौडी खेल्न गएका वेला अचानक डुब्दा अचेत भएका अमेरिकामा अध्ययनरत नेपाली विद्यार्थी अमिर शाहीको शुक्रवार निधन भएको छ । 
 
ओरेन्ज कोयस्ट कलेज, कोयस्टा मेसामा अध्ययनरत १८ बर्षका शाही गत जुलाई ३ तारिखमा पौडी खेल्न जांदा अचेत भएका थिए । उनको स्थानिय न्यूपोर्ट विच स्थित अस्पतालमा उपचार भईरहेको थियो । उनी कोमामा थिए । उपचारकै क्रममा उनको निधन भएको हो । नेपालमा सुर्खेत स्थायी घरभएका अमिर पढ्न अमेरिका आएका थिए । 
 
उनको अन्तेष्ठीका लागि एनआरएन अमेरिका क्यालिफोर्निया च्याप्टर, एनआरएन अमेरिका महिला संयोजक इन्दीरा त्रिपाठीले समुदायसंग सहयोगका लागि अपिल गरेका गरेका छन् । गो फण्ड मार्फत सहयोगका लागि अपिल गरिएको हो ।  
 
करिव एक बर्ष अघि पनि समुन्द्रमा पौडी खेल्न जांदा टेक्ससमा एक नेपालीको ज्यान गएको थियो ।