ड्यालस (टेक्सस) – अमेरिकामा नेपाली कलाकारहरुले प्रस्तुति दिने क्रम बढेको छ । यसै क्रममा शनिबार ड्यालसमा नेपालको चर्चित ‘एक्स व्याण्ड’ ले आफ्नो प्रस्तुति दिन लागेको छ ।
म्युजिक फेस्टिवलको रुपमा यस पटक अमेरिकाका बिभिन्न शहरहरुमा एक्स व्याण्डले प्रस्तुति दिन लागेको छ । स्थानीय नेप्सिनको संयोजनमा हुन लागेको कार्यक्रम शनिबार ड्यालसको अर्भिङस्थित टोयोटा म्युजिक फ्याक्ट्रीमा हुँदैछ ।
आयोजक रायन्स रायका अनुसार यस पटकको कन्सर्टमा क्लासिक, पप लगायत सबै प्रकारका नेपाली गीत संगीत समावेश गरिएको छ । वरिष्ठ कलाकार श्याम नेपाली लगायतका कलाकारहरु ड्यालस आइसकेको रायले जानकारी दिए । नेपाली म्यासाचुसेट राज्यमा बस्छन् । नेपालबाट एक्स व्याण्ड र अमेरिकाभरि रहेका कलाकारहरु ड्यालस आउने क्रम जारी रहेको जनाइएको छ ।
एक्स व्याण्डले स्थापनाको २५ वर्ष पुरा गरेको अवसरमा यस पटक प्रस्तुति दिन लागेको हो । शनिबार साँझ ८ बजे कार्यक्रम सुरु हुने जनाइएको छ । ड्यालस पछि अमेरिकाका अन्य शहरहरुमा समेत कार्यक्रम हुनेछ ।
प्रतिक्रिया