मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

लुटेराको हमलाबाट भर्जिनियामा एक नेपाली मारिए

लुटेराको हमलाबाट भर्जिनियामा एक नेपाली मारिए


हरन्डन (भर्जिनिया) – अमेरिकाको भर्जिनियाको हरन्डन शहरमा लुटेराको अाक्रमणबाट नेपाली मूलका एकजनाको निधन भएको छ । 
 
निधन हुनेमा चन्तली सिटीमा बसोबास गर्दै आएका ४० बर्षिय रेशम बजगाई रहेको फेयर फ्याक्स प्रहरी चौकीले जनाएको स्थानीय फक्सफाइभ अनलाइनले जनाएको छ । 
 
घटनामा संलग्न रहेको अारोपमा बन्दुकधारीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । मृतक बजगाइ हरन्डनको सुनोको ग्याँस स्टेसनमा कार्यरत थिए । 
 
अमेरिकाको स्वतन्त्रता दिवसको एकाबिहानै १ बजे १५ मिनेटमा बुधबार प्रहरीलाई खबर गरेको जानकारी फेयर फ्याक्स प्रहरी चौकीले जनाएको छ । प्रहरीका अनुसार सम्भवत लुट्ने प्रयास गर्ने क्रममा लुटेराले टाउकोमा प्रहार गरेर बगजाइको हत्या गरिएको अनुमान गरिएको छ ।
 
गोरखा केराबारी घर भएका बजगाईको परिवार केहि वर्षदेखि चितवनको भरतपुरमा बसोबास गर्दै आएका छन् । उनी गत सेप्टेम्बरमा अमेरिका आएका हुन् । उनकी पत्नी भने चार वर्ष अघि आएकी हुन् ।  उनका ५ वर्षकी एक छोरी छिन् ।
 
हरन्डनको शपिंग मल स्थित १३३०० ब्लक अफ फ्रान्कलिन फर्ममा घटना घटेको हो । उक्त संधिग्द बन्दुकधारीलाई नजिकैको किनमेल पसलको सवारी साधन पार्किंग लटबाटनै पक्राउ गरिएको जनाएको छ । प्रहरीका अनुसार हत्याको अभियोगमा पक्राउ परेका व्यक्तिको नाम मोहम्मद अब्दुल्लाह रहेको छ । 
 
प्रहरीले घटनाबारे जानकारी रहेकाहरूलाइ थप सूचनाका लागि अाग्रह गरेको छ। 
को हुन् 
 
* (अद्यावधिक गरिएको ।)
 

शेयर गर्नुहोस:

0
Shares