मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

सुरु भयो ड्यालसमा बालबालिकालाई आध्यात्मिक कक्ष

सुरु भयो ड्यालसमा बालबालिकालाई आध्यात्मिक कक्ष


हिमालयखवर संवाददाता
ड्यालस (टेक्सस) – नेपालीमुलका बालबालिकाहरुलाई भाषा, संस्कृति, नैतिक शिक्षा दिने उद्वेश्यले ड्यालसमा एक साताव्यापी आध्यात्म कक्षा शनिबारदेखि सुरु भएको छ ।
 
चिन्तामणि योगीद्वारा सञ्चालन हुने शिविरमा उत्तरी टेक्ससका ड्यालस, फोर्टवर्थ क्षेत्रका नेपाली बालबालिकाहरुको उल्लेख्य सहभागिता छ । लामो समयदेखि योगीले हरेक वर्ष अमेरिकामा रहेका नेपाली बालबालिकाहरुलाई आध्यात्म, नैतिक शिक्षा, हिन्दू धर्म संस्कृतिका बारेमा कक्षा सञ्चालन गर्दै आएका छन्  ।
 
हरेक वर्ष हिउँदे छुट्टी (समय भ्याकेसन) को अवसरमा यो कक्षा सञ्चालन हुने गरेको छ । शनिबार कक्षा उद्घाटन कार्यक्रममा योगीले बालबालिकाहरुले सिक्नुपर्ने सबैभन्दा मुख्य कुरा नैतिकता, सदाचार भएकोले त्यसमा चुकेको खण्डमा बालिबालिकाहरु नराम्रोसँग जकडिने विचार व्यक्त गरे । 
 
‘हाम्रा बालबालिकाहरु सूचना प्रविधिको क्षेत्रमा स्मार्ट त छन्, तर सदाचार हाम्रो धर्म संस्कृति, अभिभावकलाई सम्मान गर्ने कुरामा चुके भने ठूलो पहाड खन्दा मुसो भेटिए सरह हुनेछ,’ योगीले भने । 
त्यस अवसरमा नेपाली समाज टेक्ससका पूर्ब अध्यक्ष कृष्ण लामिछाने र राम सी पोखरेल, नेपाली आध्यात्मिक तथा सांस्कृतिक केन्द्र बोर्ड अफ ट्रस्टीका अध्यक्ष विनय अर्याल, नेपाली मन्दिरका महासचिव सुरेशचन्द्र पोखरेल, रुद्र ज्ञवाली, सहभागीका तर्फबाट वियंसा न्यौपाने लगायतले विगतका आध्यात्मिक कक्षाले पारेको सकारात्मक प्रभावका बारेमा चर्चा गरेका थिए । 
 
आठ दिनसम्म चल्ने कक्षामा बालबालिकाहरुलाई नेतृत्व विकास संबन्धि तालिम समेत दिइनेछ । हरेक दिन बिहान ९ बजेदेखि दिउँसो ४ बजेसम्म कक्षा सञ्चालन हुनेछ । बालबालिकाहरुलाई बिहानको खाजा, दिउँसोको खाना समेत मन्दिरलेनै खुवाउने कार्यक्रम छ ।