हिमालयखवर संवाददाता-
जापानलाई खेल र भाग्य दुवैले साथ दिएको होइन तर, पोल्याण्डसंग विहिवारको समुह चरणको अन्तिम खेलमा शुन्य एकले हारेर पनि दोस्रो चरणमा प्रवेश गरेको छ । फियर प्ले ट्राईवेकरका आधारमा जापान अन्तिम १६ मा पुगेका हो । धेरै एलो कार्ड पाउनुनै सेनेगलका लागि भारी पर्यो । जापानले ४ र सेनेगलले ६ एलोकार्ड पाएका थिए । यो नै जापानका लागि दोस्रो चरणमा प्रवेशको आधार वन्यो ।
विहिवार विहान भएको यो खेलसंगै जापान समूह १६ मा प्रवेश गर्ने एकमात्र एशियाली देश भएको छ । दक्षिण कोरियाले वुधवार भएको समूह चरणको खेलमा पुर्व विश्वकप विजेता जर्मनीलाई दुई शुन्यले हराएपनि दोस्रो चरणमा भने प्रवेश गर्न सकेन । यस्तै साउदी अरेविया र इरान दुवैलेपनि पहिलो चरणवाट माथि निस्कन सकेनन् ।
यस पटक पहिलो चरणको खेलमा एशियाली देशको सवैभन्दा ठुलो उपलव्धि भनेको दक्षिण कोरियाले जमर्नीलाई हराउनुनै रह्यो ।







प्रतिक्रिया