मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

पत्रिकाको अफिसमा बन्दुक आक्रमण

पत्रिकाको अफिसमा बन्दुक आक्रमण


अन्नापोलिस (मेरिल्याण्ड) – एक व्यक्तिले मेरिल्याण्डको अन्नपोलिसमा रहेको क्यापिटल गजेट पत्रिकाको कार्यालयमा अन्धाधुन्ध गोली चलाउँदा पाँच जना मारिएका छन् ।
 
सिसाको ढोकाबाट प्रवेश गरेर बन्दुकधारीले जथाभावी गोली प्रहार गर्न थालेको स्थानीय सञ्चारमाध्यमहरुले जनाएका छन् । गोली प्रहारबाट चारजनाको निधन भैसकेको स्थानीय प्रहरी अधिकारीले पुष्टी गरेका छन् । स्थानीय समय अनुसार दिउँसो ३ः१५ बजे आक्रमणकारी पत्रिकाको कार्यालयमा प्रवेश गरेर आक्रमण सुरु गरेका थिए ।
 
घटनामा संलग्न बन्दुकधारीलाई प्रहरीले नियन्त्रणमा लिएका छन्  । के कारणले बन्दुकधारीले आक्रमण गरे भन्ने बारेमा केही खुलाईएको छैन । मेरिल्याण्ड अमेरिकी राज्यधानी वासिङटन डिसीसँग जोडिएको राज्य हो । 
 
संक्षिप्त पत्रकार सम्मेलनमा मेरिल्याण्डका गभर्नर, प्रहरी अधिकारीहरुले अनुसन्धान हुँदै गरेको र एकजना व्यक्तिमात्र संलग्नता देखिएको जनाएका छन् । 
 
सञ्चारमाध्यमको कार्यालयमा अन्धाधुन्ध गोली प्रहारको विषयलाई लिएर अमेरिकामा चिन्ता प्रकट गरिएको छ । अमेरिकामा बन्दुक र यसबाट दिनहुँ जसो घटनाहरु हुँदै आएका छन् । तस्बिर: सामाजिक संजाल