मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

खेलकुद   

अर्जेन्टिना र क्रोएसिया नकआउट चरणमा, अर्जेन्टिना शनिबार फ्रान्ससँग सामना गर्दै

अर्जेन्टिना र क्रोएसिया नकआउट चरणमा, अर्जेन्टिना शनिबार फ्रान्ससँग सामना गर्दै


एजेन्सी । साबिक उपविजेता अर्जेन्टिना र क्रोएसिया रसियामा जारी फिफा विश्वकप फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ । बुधबार बिहान सम्पन्न खेलमा नाइजेरियालाइ २-१ गोल अन्तरले पराजित गर्दै अर्जेन्टिना नकआउट चरणमा प्रवेश गरेको हो ।
  
अर्जेन्टिनाको जितमा लियोनल मेसि र रोजोले गोल गरे । नाइजेरियाले दोस्रो हाफमा पेनाल्टीमार्फत गोल गरेको थियो ।
 
खेलमा अर्जेन्टिनाले मेसिको गोलबाट सुरुवाती अग्रता लिएको थियो । खेलको १४ औं मिनेटमा मेसिले गोल गर्दै टिमलाई अग्रता दिलाएका थियो । खेलमा थप गोल हुन नसकेपछि पहिलो हाफ १-० गोलमै सकियो । दोश्रो हाफमा कडा रुपमा उत्रिएको नाइजेरियाले ५० औं मिनेटमा पेनाल्टी मार्फत गोल गर्दै खेल बराबरीमा पुर्याए ।
 
खेल बराबरीमा धकेलिएपछि दबाबमा परेको अर्जेन्टिनाले खेल सकिनै लाग्दा ८७ औं मिनेटमा रोजोको गोलमार्फत अग्रता बनाउँदै जित सुनिश्चित गरेको हो । यस खेल बराबरीमै सकिएको भए नाइजेरिया दोस्रो चरणमा पुग्ने थियो । जसका कारण अर्जेन्टिनाले आज जित निकाल्नै पर्ने दबाबमा थियोे ।
 
अर्जेन्टिनासंगै क्रोएसिया पनि नकआउट चरणमा प्रवेश गरेको छ । अन्तिम खेलमा आइसल्यान्डलाइ २-१ गोल अन्तले पराजित गरेसंगै ९ अंकको साथ क्रोशिया समूह डि को विजेता बन्दै दोस्रो चरणमा प्रवेश गरेको हो । अर्जेन्टिना भने ४ अंकको साथ उपविजेता बन्दै अन्तिम १६ मा प्रवेश गरेको हो ।
 
यस्तै नाइजेरिया ३ अंक र आइसल्यान्ड १ अंक बनाउदै प्रतियोगिताबाट बाहिरिएको छ । आजै भएको अर्को खेलमा क्रोशियाले  आइसल्यान्डलाइ २-१ गोल अन्तरले पराजित गरेको  छ ।
 
आफ्ना मुख्य खेलाडीहरुलाइ आराम दिएको क्रोशियाले ५३ औं मिनेटमा गोल गर्सै सुरुवाती अग्रता लिएको थियो । तर दोश्रो हाफमा गोल गर्दै आइसल्यान्डले खेल बराबरीमा पुर्यायो । खेल सकिनै लाग्दा ९० औं मिनेटमा गोल गर्दै क्रोएसियाले २-१ को जित निकाल्यो । अन्तिम १६ मा पुग्न आइसल्यान्डले जित्नै पर्ने दवाबमा थियो ।