मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

ह्यारी भण्डारीले प्राइमरी जिते

ह्यारी भण्डारीले प्राइमरी जिते


हिमालयखवर संवाददाता
अमेरिका- मेरिल्याण्ड राज्यको  डिष्ट्रिक्ट ८ डेलिगेटमा नेपाली मूलका अमेरिकी ह्यारी भण्डारीले डेमोक्र्याटिक पार्टीबाट आधिकारिक उम्मेदवार चयन भएका छन् ।  ह्यारीलाई अमेरिकी राजनीतिमा अगाडी बढ्न यो जीत हात पार्नु महत्त्वपूर्ण थियो ।
 
नेपालको राजनीतिकसँग तुलना गर्दा यो मेरिल्याण्ड राज्यको विद्यान सभा सदस्यका लागि अमेरिकाको प्रमुख दुई मध्ये एक पार्टी डेमोक्र्याटवाट क्षेत्र नं ८ मा ह्यारी आधिकारिक उम्मेदवार चयन भएका हुन् । 
 
यो जीत सँगै ह्यारीलाई अमेरिकी राजनीतिमा अझ अघि बढ्ने बाटो खुलेको छ । आउने नोभेम्बर महिनामा हुने मेरिल्याण्ड राज्यको विधान सभा निर्वाचनमा जिते ह्यारी मेरिल्याण्ड राज्यको विधायक हुने छन् । नोभेम्बरमा हुने चुनावमा पनि जित प्राप्त गरे ह्यारी अमेरिकी राजनीतिमा उक्त तहसम्म जाने पहिलो नेपाली हुने छन् । 
 
पार्टी भित्र मंगलवार उम्मेदवारी छनौटका लागि भएको प्राइमरी निर्वाचनमा ह्यारीसंग अरू तीन जना उम्मेदवार थिए । तर, तीनजना मात्र आधिकारिक उम्मेदवार हुन सक्ने प्रावधान थियो । चार जना बिच भएको भिडन्तमा ह्यारी दोस्रो स्थानमा परेका हुन् । मेरिल्याण्ड राज्य नेपालीको ठुलो जनसङ्ख्या भएको स्थान हो । ह्यारीले प्रतिनिधित्व गर्ने उक्त चुनाव क्षेत्रमा भने करिब ३ हजार नेपाली बसोबास गर्छन् । 
 
मंगलवार निर्वाचनमा डेमोक्र्याटीक पार्टीलाई भोट हाल्छु भनेर नाम लेखाउनेहरुले मतदान गरेका थिए । त्यस क्रममा सयौँ नेपालीले पनि मतदानमा भाग लिएका थिए । यस्तै अर्को पार्टी रिपव्लिकनवाट आधिकारिक उम्मेदवार छनौटका लागि पनि मंगलवारनै चुनाव भएको थियो । केही रजिष्ट्रर रिपव्लिकन नेपाली त्यस निर्वाचनमा पनि सहभागी भएका थिए ।
 
 मंगलवार सांझनै सबैको सहयोगले आफूले जीत हासिल गरेको बताउँदै सबैलाई धन्यवाद दिएका छन् । स्थानीय नेपाली रेष्टुरेण्टमा भएको जनघटमा प्राइमरीवाट जीत हात पारेकोमा उनलाई नेपाली समुदायका कयौँले बधाई दिएका थिए । उक्त अवसरमा ह्यारीले अमेरिका विविद्यता युक्त देश भएको हुँदा नोभेम्बरको निर्वाचनपनि आफूले जित्ने उनले दाबी गरे । फोटो: ध्रुव गिरी