मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

प्रवासी नेपाली मञ्च दोश्रो कोलोराडो राज्य भेला नयाँ कार्यसमिति चयन गर्दै सम्पन्न

प्रवासी नेपाली मञ्च दोश्रो कोलोराडो राज्य भेला नयाँ कार्यसमिति चयन गर्दै सम्पन्न


कोलोराडो (अमेरिका)- प्रवासी नेपाली मञ्च दोश्रो कोलोराडो राज्यको भेला शनिवार नयाँ कार्यसमिति चयन गर्दै सम्पन्न भएको छ । 
 
प्रवासी नेपाली मञ्च केन्द्रीय उपाध्यक्ष यमुना भट्टराईको प्रमुख अतिथ्यतामा  सम्पन्न भेलाले  श्यामकुमार श्रेष्ठको अध्यक्षतामा सर्वसम्मत कोलोराडो राज्य कमिटी गठन गरेको हो ।
 
कोलोराडोको बोल्डर स्थित काठमाडौँ रेष्टुरेण्टमा सम्पन्न भेला ज्ञात अज्ञात सहिदहरूको सम्झनामा एक मिनेट मौनधारण पछि राष्ट्रियगान गाएर सुरु गरिएको थियो । कार्यक्रममा उपस्थित अतिथिहरूले सफल कार्यकालको शुभकामना मन्तव्य दिएका थिए । 
 
यसरी शुुभकामना दिनेहरूमा केन्द्रीय उपाध्यक्ष यमुना भट्टराई, केन्द्रीय सदस्य शान्ति बर्मा, केन्द्रीय सचिवालय सदस्य गोकर्ण दाहाल, संगठन विभाग सदस्य द्धय बेदनिधी दाहाल, तीर्थ बर्मा, पूर्व उपाध्यक्ष जीवन जोशी, टेक्सस राज्य कमिटी अध्यक्ष मणि भण्डारी, इन्द्रेणी सांस्कृतिक संघका अध्यक्ष तारा भुषाल, नेपाली घरका अध्यक्ष लछुमन राना, समाजसेवी द्धय डा. बिष्णुबहादुर श्रेष्ठ , नारायण श्रेष्ठ  लगायतका रहेका थिए । कार्यक्रमको सञ्चालन तीर्थ बर्माले गरेका थिए भने सभापतित्व डोलबिक्रम मल्लले गरेका थिए । 
 
 उद्धाटन सत्र पछि सम्पन्न बन्द सत्रले श्यामकुमार श्रेष्ठको अध्यक्षतामा ७ सदस्सिय कोलोराडो राज्य कमिटी गठन गर्ने सर्वसम्मत निर्णय गरेको थियो । यसरी निर्विरोध निर्वाचित हुने पदाधिकारीहरूमा उपाध्यक्ष, सचिव, सहसचिव र कोषाध्यक्षमा क्रमशः कृष्ण घिमिरे, विजय बगाले, सन्तोष न्यौपाने, मेघमणी घिमिरे रहेका छन् । त्यस्तै सदस्यहरूमा दिनेश कार्की र दीपक बर्तौला रहेका छन् । बाँकी सदस्यहरू भने पछि पूर्ण बैठकले क्षेत्र मिलाएर तोक्ने बताइएको छ । त्यसै गरी भेलाले सल्लाहकारमा समाजसेवी द्धय डा. बिष्णुबहादुर श्रेष्ठ र नारायण श्रेष्ठलाई चयन गरेको छ ।  
  
नव निर्वाचित पदाधिकारीहरूलाई संगठन विभागका सदस्य तीर्थ बर्माले सङ्गठनको शपथ खुवाएका भने, केन्द्रीय उपाध्यक्ष यमुना भट्टराईले नव निर्वाचित पदाधिकारीहरूलाई खादा ओढाई स्वागत गरेकी  थिइन् ।