मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

खेलकुद   

ट्युनिसियामाथि बेल्जियमको गोल वर्षा, ५–२ गोलअन्तरले विजयी

ट्युनिसियामाथि बेल्जियमको गोल वर्षा, ५–२ गोलअन्तरले विजयी


एजेन्सी । रसियामा जारी विश्वकप फुटबलअन्तर्गत समूह ‘जी’ को खेलमा बेल्जियमले ट्युनिसियामाथि शानदार जित हात पारेको छ । बेल्जियमले ट्युनिसियालाई ५–२ गोलअन्तरले पराजित गरेको हो ।
 
बेल्जियमको जितमा  कप्तान इडन हजार्ड र रोमेलु लुकाकुले समान २–२ गोल गरे भने मिची बाट्शुययीले १ गोल गरे । त्यस्तै, ट्युनिसियाका लागि डिलन ब्रोनले एक गोल फर्काएका थिए ।
 
बेल्जियमका लागि कप्तान इडन हजार्डले पेनाल्टीबाट गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए । खेलको छैटौ मिनेटमा ट्युनिसियाका खेलाडीले डिबक्सभित्र बेल्जियमका खेलाडीलाई फल गरेपछि पेनाल्टी पाएको थियो । पेनाल्टीबाट कप्तान हजार्डले गोल गर्दै १–० गोलको अग्रता दिलाएका थिए ।
 
त्यस्तै, खेलको १६औं मिनेटमा बेल्जियमका लागि रोमेलु लुकाकुले गोल गर्दै २–० गोलको अग्रता दिलाएका थिए । बेल्जियमले गोल गरेको २ मिनेटपछि नै ट्युनिसियाले गोल फर्काएको थियो । खेलको १८औं मिनेटमा डिलन ब्रोनले गोल गर्दै ट्युनिसियालाई २–१ गोलको स्थितिमा पुर्याएका थिए ।
 
लुकाकुले पहिलो हाफको अन्तिम समयमा गोल गर्दै बेल्जियमलाई पहिलो हाफसम्म ३–१ गोलको अग्रता दिलाएका थिए ।
 
पहिलो हाफसम्म ३–१ गोलले अघि रहेको बेल्जियमले दोस्रो हाफमा थप २ गोल गर्न सफल भयो । खेलको ५१औं मिनेटमा बेल्जियमका कप्तान इडन हजार्डले गोल गर्दै ४–१ गोलको अग्रता दिलाएका थिए ।
 
रसियाको राजधानी मस्कोस्थित स्पार्टक रंगशालामा खेल सकिन अन्तिम समयमा मिची बाट्शुययीले गोल गर्दै बेल्जियमलाई ५–१ गोलको अग्रता दिलाएका थिए । त्यसको केहीबेरमा ट्युनिसियाले गोल गर्दै ५–२ गोलको स्थितिमा पुर्याएको थियो । तर बेल्जियमलाई रोक्न भने सकेन ।
 
लगातार दुई खेलमा जित हात हासिल गरेको बेल्जियम विश्वकप फुटबलको नकआउट चरणनजिक प्रवेश गरेको छ । फोटो : रोयटर्स