मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

ड्यालसमा लायन्स क्लबको नेपाल साँझ हुँदै

ड्यालसमा लायन्स क्लबको नेपाल साँझ हुँदै


ड्यालस (अमेरिका) – ड्यालसको पुरानो नेपाली संस्था मध्यको एक ड्यालस एभरेष्ट लायन्स क्लबले आज शनिबार ‘नेपाल साँझ’ (An Evening in Nepal-2018) आयोजना गर्दैछ । आयोजनाको सम्पूर्ण तयारी पुरा भएको आयोजकले जानकारी दिएका छन् ।
 
ड्यालस एभरेष्ट लायन्स क्लबले हरेक वर्ष नेपाल साँझ सहित फण्ड रेजिङ डिनर आयोजना गर्दै आएको छ । यस पटकको कार्यक्रम आज शनिबार साँझ ६ बजेदेखि आयोजना गर्न लागिएको प्रथम उपाध्यक्ष थलराज पन्तले जानाकारी दिए । 
 
हिल्टन गार्डेन इन, भ्याली भ्यू लेन अर्भिङमा हुने कार्यक्रममा सहभागिताका लागि लायन्स क्लबले स्थानीय समुदायसँग आग्रह गरेको छ । आजको प्रमुख अतिथिमा लायन्स क्लब अफ टेक्ससका काउन्सिल चेयर रिक टालबर्ट रहनुहुने जनाइएको छ । 
 
कार्यक्रममा डिजे नाइट सहित राफल चिठ्ठा, नृत्य समेत समावेश गरिएको छ । लायन्स क्लबले ड्यालसमा नेपाली समुदायको लागि स्वास्थ चेतनामुलक कार्यक्रम, बालबालिकाको नेतृत्व विकासका लागि बिभिन्न कार्यक्रमहरु गर्दै आएको छ । 
 
लाइन्स क्लब अन्तर्राष्ट्रिय रुपमै अत्यन्तै प्रतिष्ठित सामाजीक संस्थाका रुपमा परिचित छ । शनिबारको कार्यक्रममा सपरिवार उपस्थित भएर मनोरञ्जन लिनुका साथै सामाजीक कार्यमा सहयोग गर्न संस्थाले अनुरोध गरेको छ ।

 

शेयर गर्नुहोस:

0
Shares