मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

खेलकुद   

अष्ट्रेलियालाई २–१ गोलले हराउँदै फ्रान्स विजयी

अष्ट्रेलियालाई २–१ गोलले हराउँदै फ्रान्स विजयी


एजेन्सी । रसियामा जारी विश्वकप फुटबलअन्तर्गत समूह ‘सी’ को पहिलो खेलमा फ्रान्सले जित हात पारेको छ । फ्रान्सले अष्ट्रेलियाविरुद्ध २–१ गोलको जित हासिल गरेको छ । 
 
फ्रान्सको जितमा एन्टोइनी ग्रिजम्यान र पाउल पोग्बाले गोल गरे । त्यस्तै, अष्ट्रेलियाका लागि माइल जेडिनकले गोल गरेका थिए ।
 
खेलको खेलको ८१औं मिनेटमा पाउल पोग्बाले गोल गर्दै फ्रान्सलाई २–१ गोलको जित दिलाएका हुन् । फ्रान्सले गोल गर्ने निकै सुनौलो अवसर खेर फालेको थियो ।
 
यसअघि खेलको ५८औं मिनेटमा फ्रान्सले पेनाल्टीबाट नै गोल गर्दै अग्रता बनाएको थियो । फ्रान्सका लागि एन्टोइनी ग्रिजम्यानले पेनाल्टीबाट गोल गरेका थिए । डिबक्सभित्र ग्रिम्यानलाई फल गरेपछि फ्रान्सले पेनाल्टी पाएको थियो ।
 
फ्रान्सले गोल गरेको ४ मिनेटपछि नै अष्ट्रेलियाले पनि पेनाल्टीबाटै गोल गर्दै बराबरी गोल गरेको थियो । खेलको ६२औं मिनेटमा फ्रान्सका डिफेन्डरले ह्यान्ड गरेपछि अष्ट्रेलियाले पेनाल्टी पाएको थियो । पेनाल्टीमा माइल जेडिनकले गोल गर्दै १–१ गोलको बराबरीमा पु¥याएका थिए ।
 
पहिलो हाफमा भने दुबै टिमले गोलरहित बराबरी खेलेका थिए । सुरुवाती समयमा केही आक्रमक खेल खेलेको फ्रान्सले एकपछि अर्को आक्रमक रणनीति बनाए पनि सफल हुन भने सकेन । रसिया कजान सहरस्थित कजान एरिनामा अष्ट्रेलियाले प्रहार गरेको सर्ट फ्रान्सका गोलकिपरले बचाएर जित सुनिश्चित गरेको थियो । (तस्बिर : रोयटर्स )

शेयर गर्नुहोस:

0
Shares