मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

खेलकुद   

इरानको मोरक्कोमाथि रोमाञ्चक जित, मोरक्कोका अजिजबाट आत्मघाती गोल

इरानको मोरक्कोमाथि रोमाञ्चक जित, मोरक्कोका अजिजबाट आत्मघाती गोल


एजेन्सी । विश्वकप फुटबलअन्तर्गत समूह ‘वि’ को पहिलो खेलमा इरानले जित हात पारेको छ । इरानले मोरक्कोमाथि १–० गोलको रोमाञ्चक जित हात पारेको हो ।
 
रसियाको सेन्ट पिटर्सवर्ग रंगशालामा भएको खेलमा मोरक्कोका अजिज बौहाडौजले आत्मघाति गोल गरेपछि इरानले अन्तिम समयमा रोमाञ्चक जित निकालेको हो ।
 
थप गरिएको अत्तिरिक्त समयमा मोरक्कोका अजिजले आत्मघाति गोल गर्न पुगे । उनले हेडबाट गोल बचाउने क्रममा गोल गर्न पुगेका थिए । 
 
निकै आक्रमक खेल खेलेका दुबै टोलीले गोल गर्ने अवसर पाएपनि सदुपयोग भने गर्न सकेनन् । पहिलो हाफमा दुबै टिमले गोलरहित बराबरी खेलेका थिए । पहिलो हाफमा बराबरी खेलेको मोरक्को र इरानले दोस्रो हाफमा पनि गोल गर्ने थुपै्र अवसर खेर फालेका थिए ।
 
सुरुवातीदेखि नै बल नियन्त्रणमा लिए पनि मोरक्कोले गोल गर्न भने सकेन । जित हात पारेको इरानको ३ अंक भएको छ । 
 
४-४ पटक विश्वकप खेलेका मोरक्को र इरान पहिलोपटक आमने-सामने भएका हुन् । यसअघि सन् १९९८ फ्रान्समा आयोजना गरेको विश्वकपमा दुवै टिम सहभागी भए पनि छुट्टाछुट्टै समुहमा रहेका कारण भेट भने भएको थिएन ।
 
१९९८ मा मोरक्को समूह ‘ए’ मा थियो भने इरान समूह ‘एच’ मा थियो ।  त्यतिबेला दुवै टिम समूह चरणबाटै बाहिरिएका थिए ।

शेयर गर्नुहोस:

0
Shares