मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

खेलकुद   

इरानमा सार्वजनिक रुपमा विश्वकप हेर्न प्रतिबन्ध

इरानमा सार्वजनिक रुपमा विश्वकप हेर्न प्रतिबन्ध


तेहरान । इरानका अधिकारीहरूले विश्वकप फुटवल प्रतियोगीताको खेल सार्वजनिक ठाँउमा हेर्न प्रतिबन्ध लगाइएको जनाएका छन् । 
 
रुसको मस्कोमा भएको विश्वकपको उद्घाटन समारोह गर्न र अन्य खेलहरू समेत हेर्नका लागि तेहरानका सार्वजनिक ठाँउहरुमा आयोजना गरिएको कार्यक्रम स्थगित गरिएको हुनसक्ने उनीहरूले बताएका छन् । 
 
मुस्लीम गणतन्त्रको राजधानीका पार्कहरु र रंगशालामा सार्वजनिक रूपमा विश्वकप हेर्ने कार्यक्रमको आयोजना गरिएको थियो । 
 
देशभरीका खुल्ला सार्वजनिक ठाँउहरूमा पुरुष र महिलासँगै बसेर खेल हेर्ने तयारीका विपक्षमा राज्य उभिएको जनाइएको छ । 
 
तेहरानको अजादी रंगशालाका अधिकारीहरुले पहिलो पटक सँगै बसेर सार्वजनिक रुपमा विश्वकप हेर्ने कार्यक्रम तय गरिएको जनाएका थिए । 
 
तर एउटा खेलसम्बन्धी अनलाईन खबर भर्जेसीमा लेखिएअनुसार त्यो योजना अन्तिम समयमा आएर स्थगित भएको छ । कार्यक्रम स्थगित हुँदा कुनै कारण भने उल्लेख गरिएको छैन । रासस, एएफपी (तस्बिर : एजेन्सी) 

शेयर गर्नुहोस:

0
Shares