मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

साउदी अरेबियालाई ५ गोलले जितेपछि रुसमा खुसियाली

साउदी अरेबियालाई ५ गोलले जितेपछि रुसमा खुसियाली


मस्को । बिहीबार एक भव्य समारोहबीच विश्वकप फुटबल २०१८ सुरु भएको छ । विश्वकप फुटबलको पहिलो खेलमा नै आयोजक राष्ट्र रुस र साउदी अरेबियाबीच प्रतिस्पर्धा भएको थियो । 
 
रूसले साउदी अरेबियालाई शून्यका विरुद्ध पाँच गोलले पराजित गरेको छ । उद्घाटन समारोह रूसको राजधानी मस्कोमा रहेको लुझनिकी रङ्गशालामा भव्य रुपमा आयोजना गरिएको थियो । खेल हेर्न ठूलो सङ्ख्यामा दर्शक उपस्थित थिए । 
 
लुझनिकी रङ्गशालामा रुसी राष्ट्रपति भ्यालादिमिर पुटिनलगायत हजारौं मानिस उपस्थित भएका थिए । 
 
उद्घाटन समारोहमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले संक्षिप्त सम्बोधन गरी खेलमा आउने पाहुनासँगै खेलाडीहरूलाई स्वागत गरेका थिए । 
 
फिफा अध्यक्ष जियानी इन्फान्टिनोको सम्बोधनलगत्तै पहिला साउदी अरब र पछि रूसी समूहले राष्ट्रिय गान गाएपछि खेल शुरु भएको थियो । 
 
हालसम्मको विश्वकपको इतिहासमा कुनै पनि आयोजक राष्ट्र उदघाटन खेलमा हारेका छैनन् । तत्कालीन सोभियत संघ (रुस) ले १९७० मा मेक्सिकोमा भएको विश्वकप उद्घाटन खेल खेलेको थियो । यो खेल बराबरी भएको थियो । 
 
शुक्रबार प्राप्त समाचारमा जनाइएअनुसार यस पटकको विश्वकप आयोजक राष्ट्र रुसले पहिल्यै खेलमा विजय हासिल गरेपछि देशभरि खुसियाली छाएको छ । रासस / एएफपी (तस्बिर : एजेन्सी)