मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

खेलकुद   

इजिप्टलाई एक गोलले हराउँदै उरुग्वे विजयी, जोस गिमेनेजले गरे ८९औं मिनेटमा गोल

इजिप्टलाई एक गोलले हराउँदै उरुग्वे विजयी, जोस गिमेनेजले गरे ८९औं मिनेटमा गोल


एजेन्सी । विश्वकप फुटबलको समूह ‘ए’ अन्तर्गत भएको खेलमा उरुग्वेले इजिप्टमाथि जित हासिल गरेको छ । उरुग्वेले १–० गोलको जित निकालेको हो ।
 
रसियाको इकान्टेरिनवर्ग एरिनामा (सेन्ट्रल स्टेडियम)मा उरुग्वेलाई जित दिलाउन जोस गिमेनेजले गोल गरे । उनले खेलको ८९औं मिनेटमा गोल गर्दै उरुग्वेलाई जित दिलाएका हुन् । 
 
खेलको पहिलो हाफमा भने दुवै टिमले गोलरहित बारबरी खेलेका थिए । सुरुवाति समयमा नै आक्रमक देखिएको उरुग्वेका लागि इडिसन काभनीले दुई सर्ट प्रहार गरेका थिए । तर, पहिलो सर्ट इजिप्टका गोलकिपरले बचाएका थिए भने दोस्रो प्रहार इजिप्टका डिफेन्डरले बचाएका थिए ।
 
लुइस स्वारेजले डिबक्सभित्र पाएको बललाई गोल गर्न नसक्दा पहिलो हाफसम्म उरुग्वे गोलरहित बराबरीमा रोकिएको हो । इजिप्टले पनि पहिलो हाफको अन्तिम समयमा निकै आक्रामक खेलेको थियो । 
 
दोस्रो हाफमा उरुग्वेले निकै आक्रामक खेल खेलेको थियो । काभनीले दोस्रो हाफमा उत्कृष्ट दुई सर्ट प्रहार गरेका थिए । तर यसपटक पनि इजिप्टका गोलकिपर बाधक बनेका थिए । 
 
त्यस्तै, उरुग्वेका लुइस स्वारेजले पाँचपटकसम्म वान भर्सेस् वानमा पनि गोल गर्न सकेनन् । पहिलो खेलमा जित हात पार्दै उरुग्वेले महत्वपूर्ण ३ अंक बटुलेको छ । (तस्बिर : रोयटर्स )

शेयर गर्नुहोस:

0
Shares