मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

सहकारी अवलोकनमा हिँडेको बस पाल्पामा दुर्घटना, १४ को मृत्यु , नौजना घाइते

सहकारी अवलोकनमा हिँडेको बस पाल्पामा दुर्घटना, १४ को मृत्यु , नौजना घाइते


पाल्पा । पाल्पाको रम्भा गाउँपालिका–४, हुँमिनको धारादी वनमा शुक्रबार बस दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ भने ९ जना घाइते भएका छन् ।
 
प्रहरी उपरीक्षक दिल्लीराज पन्तका अनुसार सदरमुकाम तानसेनबाट रामपुरतर्फ जाँदै गरेको लु२ख ९७५ नं को बस हुमिनमा दुर्घटना भएको हो । 
 
लक्ष्मी बचत तथा ऋण सहकारी संस्था तानसेनको अध्ययन अवलोकन भ्रमणमा निस्केको सहकारी टोली चढेको बस सडकबाट करीब १५० मिटर तल खसेको प्रउ पन्तले जानकारी दिए ।
 
बसमा २७ जना सवार थिए । घाइतेमध्ये ९ जनाको तानसेनस्थित युनाइटेड मिसन अस्पतालमा उपचार भइरहेको छ । बिहीबार रातिदेखि अविरल वर्षाका कारण उद्धारमा कठिनाइ भइरहेको प्रहरीले जनाएको छ । 
 
सबै मृतकको सनाखत
 
बस दुर्घटनामा मृत्यु भएका १४ जनाको सनाखत भएको छ । 
 
प्रहरी उपरीक्षक दिल्लीराज पन्तका अनुसार दुर्घटनामा मृत्युु हुनेमा सहकारीका अध्यक्ष तानसेन–४ का विष्णुमान बज्राचार्यसहित तानसेन–३ का देवेन्द्रलाल प्रधान, कृष्णमान बज्राचार्य, छत्रमान शाक्य, बसन्ती खाण, कमला कार्की, तानसेन–६ का सुशिलप्रसाद श्रेष्ठ, दुर्गाबहादुर सारु, सचिन बज्रार्चाय, गिता बुढाथोकी डिभिजन सहकारी कार्यालय पाल्पाका प्रमुख कृष्णबहादुर बोहोरा, तानसेन–२ का लोकनाथ ढकाल, तानसेन–५ की दुर्गादेवी श्रेष्ठ, तानसेन–२ की मुना (मधु) सारु रहेका छन् ।  
 
मृतकमध्ये कमला कार्कीको लुम्विनी मेडिकल कलेजमा, सचिन बज्राचार्यको मिसन अस्पतालमा ल्याउँदै गर्दा, मुना (मधु) सारुकाे लुम्विनी मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएकाे हाे भने अरु सबैको घटनास्थलमै मृत्यु भएको हो ।
 
दुर्घटनाका घाइतेहरु
 
दुर्घटनामा घाइते हुनेहरुमा प्रफुल्ल शर्मा, सवारी सहचालक विमल रन्जन, उत्तमकुमार बज्राचार्य, ओम मलेगो, मिना खाम्चा, चालक अर्जुन थापा र प्रविण बज्राचार्य, सन्तम बज्राचार्य र पूर्णमाया बज्रार्चायको उपचार भैरहेको छ । घाइतेमध्ये प्रवीण बज्रार्चायको लुम्विनी मेडिकल कलेज र अन्यको मिसन अस्पतालमा उपचार भैरहेको छ ।
 
मिसन अस्पतालले घाइते मुना सारु र ओम मलेगोलाई लुम्बिनी मेडिकल कलेज रेफर गरेको छ । बस चालक अर्जुन थापालाई काठमाडौँ लगिएको जिल्ला ट्राफिक प्रहरी प्रमुख प्रवीण आर्चायले बताए ।