मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

किशोरीलाई गर्भवती बनाउने प्रहरीलाई उन्मुक्ति

किशोरीलाई गर्भवती बनाउने प्रहरीलाई उन्मुक्ति


पाँचथरकी एक किशोरीलाई गर्भवती बनाउने प्रहरी सहायक निरीक्षकले उन्मुक्ति पाएका छन् । फाल्गुनन्द गाउँपालिका–१ स्थित नवमीडाँडा प्रहरी चौकीका इञ्चार्ज बलबहादुर ठटाललाई जिल्ला अदालतको फैसलाले सफाइ दिएपछि उनले उन्मुक्ति पाएका हुन् ।  
उनी एक किशोरीलाई ललाइफकाइ पटकपटक करणी गरी गर्भवती बनाएको आरोपमा पक्राउ परेका थिए । जिल्ला न्यायाधीश मनोज केसीको फैसलाबाट ठटालले सफाइ पाएका हुन् ।
 
एक विपन्न परिवारको किशोरीलाई गर्भवती बनाएका ठटालले किशोरीको अभिभावकलाई पैसा दिएर गर्भपतन गराउन खोजेपछि रहस्य सार्वजनिक भएको थियो ।
 
फिदिमस्थित औषधि पसलमा उनका बाबुले गर्भपतन गराउने औषधि मागेपछि पसल सञ्चालकले सोधखोज गरेका थिए । यस क्रममा पीडित किशोरीका बाबुले छोरीलाई ठटालले बलात्कार गरेको र उनैले गर्भपतन गराउन पठाएको बताएपछि उक्त विषय सार्वजनिक भएको थियो ।