मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिकाको एटलाण्टामा ब्लड डोनर्स अफ अमेरिकाको दोश्रो अधिवेशनको तयारी पुरा

अमेरिकाको एटलाण्टामा ब्लड डोनर्स अफ अमेरिकाको दोश्रो अधिवेशनको तयारी पुरा


हिमालयखवर संवाददाता 
एटलाण्टा(अमेरिका)- अमेरिकामा रहेका नेपाली रक्तदाताहरुको संस्था ब्लड डोनर्स अफ अमेरिकाको दोश्रो अधिवेशनका लागि अमेरिकामा रहेका नेपाली रक्तदाताहरु एटलाण्टामा जम्मा हुने भएका छन् । 
 
यहि मे २५ देखि २७ सम्म एटलाण्टामा हुन लागेको दोश्रो अधिवेशनका लागि अमेरिकाको बिभिन्न राज्यमा रहेका नेपाली रक्तदाताहरु एटलाण्टामा भेला हुन लागेका छन् । सन् २००९ मा रक्तदाता अर्जुनप्रसाद मैनालीको नेतृत्वमा शुरु भएको संस्थाको हाल टेक्सस ड्यालसमा रहनुभएका डा.नन्द रेग्मीले नेतृत्व गरिरहनुभएको छ ।
 
अमेरिकाको २७ वटा राज्यमा शाखा बिस्तार गरिसकेको संस्थाका राज्यमा रहेका शाखाहरुले पनि रक्तदान कार्यक्रम गर्दै स्थानिय सरकारसंग राम्रो सहकार्य गर्न सफल भएको ब्लड डोर्नस अफ अमेरिका टेक्सासका अध्यक्ष शिब काफ्लेले जानकारी दिनुभयो । 
 
काफ्लेका अनुसार आफुहरुले नेपाली समुदायलाई यंहाको मुलधारसंग जोड्न पनि रक्तदान मार्फत राम्रो भुमिका खेलेको जानकारि दिनुभयो । नयां नेतृत्व चयन सहित हुन लागेको एटलाण्टा अधिवेशनमा अमेरिकामा धेरै पटक रक्तदान गरेर रेर्कड कायम गरेका जोन डब्लु सेर्फड प्रमुख अतिथीको रुपमा आउदैछन् ।