हिमालयखवर संवाददाता
अमेरिका- टेक्ससमा नेपालीद्धारा सञ्चालित व्यवसायमा कार्यरत कार्मचारी माथि यौन उत्पिडन भएको हल्ला प्रति यहाँका व्यवसायीले चिन्ता व्यक्त गरेका छन् । यदि यस्तो भएको हो भने दोषी माथि कानुनी कारबाहीमा जान आफूहरूले सहयोग गर्ने व्यवसायीले बताएका छन् । फेसबुक लगायत सामाजिक सञ्जालमा यौन उत्पिडन भएको चर्चा भएपछि व्यवसायीले कुनै पुष्टि नभएको हल्लामा आफ्नो नाम नराख्नु भन्दै हिमालयखवरसंग यस्तो प्रतिक्रिया दिएका हुन् । सामाजिक सञ्जालमा पनि विभिन्न तर्क वितर्क गरिएको छ । व्यवसायीले भने यसलाई गम्भीर रूपमा लिएको बताएका छन् ।
यस्तो यौन उत्पिडन कहीँ कतै भएको रहेछ भनेपनि कानुनी बाटोबाट सम्बोधन गर्न सकिन्छ टेक्ससका एक व्यवसायीले भने तर, दोषी किटान नहुँदै कसैको चरित्र माथि शंका गर्नु पनि उचित होइन । टेक्ससमा नेपालीको लगानी भएका करिब १ हजार स्टोर रहेको अनुमान छ । यसबाहेक थुप्रै रेष्टुरेण्ट, व्यूटी सैलुन लगायतका क्षेत्रमा पनि नेपालीले लगानी गरेका छन् । यस्ता हल्लाले व्यवसायीको चिन्ता भने बढाएको त्यहाँका धेरै व्यवसायीले हिमालयखवरसंग बताए ।
कहीँ कतै यस्तो भएको छ, भने हामी पीडित पक्षलाई सहयोग गर्न तयार छौँ टेक्ससका एक व्यवसायीले भने तर, सामाजिक सञ्जालमा सबै व्यवसायीलाई मुछेर आक्षेप लगाउनु ठिक होइन यो रोकिनु पर्छ । यस अघि नै व्यवसायी माथि प्रश्न उठाउँदै यस्ता आरोप लागेका थिए । तर, पुष्टि भने भएन ।
सामाजिक सञ्जालमा यौन उत्पिडनको बहस भए पनि अहिले सम्म पीडित पक्ष प्रहरी कहाँ उरुरी गरेको जानकारी भने आएको छैन । यस विषयमा आधिकारिक रूपमा सम्बन्धित निकायले सोधपुछ परेको पुष्टि पनि भएको छैन । यसमा अधिकारिक रूपमा प्रहरी वा अन्य कुनै निकायमा समक्ष उरुरी परेको पनि सार्वजनिक भएको छैन ।
टेक्सस नेपाली समुदायको ठुलो जनसङ्ख्या भएको राज्य हो । यहाँ व्यवसाय गर्ने देखि विद्यार्थीहरूको सङ्ख्या पनि तुलनात्मक रूपमा धेरै छ । केही साता अघि ड्यालसको डाउन टाउनमा भएको कन्सर्टमा बिहान सवेरसम्म झुमिरहेका नेपाली किशोर किशोरीको संख्यालेपनि यहाँ युवाहरूको जमानपनि अत्याधिक रहेको देखाएको थियो ।
अमेरिकामा व्यवसायमा भित्र यौन उत्पिडनलाई गरिम्भर रूपमा लिइन्छ । कहिले कांही नेपाली समुदाय भित्र यस्ता घटना विगतमा पनि आएका थिए । करिब एक वर्ष अघि किशोरी गायिका निक्की कार्कीले नेपाली समुदायको सार्वजनिक कार्यक्रममा प्रस्तुति दिन जाँदा आयोजक मध्येका एक पुरुषले यौन उत्पिडन गरेको घटना सार्वजनिक गरेकी थिइन । यसले नेपाली समाजलाई सचेत भने गराएको थियो ।
अमेरिकामा नेपाली समुदायले व्यवसाय गर्ने क्रम बढी रहेको छ । यहाँ सञ्चालित व्यवसायमा एक खर्ब रुपैंया भन्दा बढी लगानी भएको अनुमान छ । टेक्सस, न्यूयोर्क, लसएञ्जल्स नेपालीको व्यवसाय बढी भएको शहर हुन् । तस्बिर: सामाजिक संजाल
प्रतिक्रिया