मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

न्यूयोर्क जब नेपालमय भयो (भिडियो सहित)

न्यूयोर्क जब नेपालमय भयो (भिडियो सहित)


न्यूयोर्क (अमेरिका) – संसारकै अार्थिक राजधानीका रूपमा लिइने न्यूयोर्क शहरमा नेपाललाइ चिनाउन नेपाल डे परेड मे २० आइतबार सम्पन्न भएको छ । दुई वर्ष देखिन न्युयोर्क शहरमा हुदै आएको नेपाल डे परेड यस पटक एनआरएन न्युयोर्क च्याप्टरको संयोजनमा विभिन्न संघसस्थाहरु तथा जातीय समुदायहरुले व्यानर र झाकीका साथ भाग लिएका थिए । न्युयोर्कको व्यस्त सडक म्याडिसन एभिन्युको थर्र्टिएट स्ट्रीटबाट परेड गदै टेवन्टी सेभेन स्ट्रीटमा पुगेर सभामा परिणत भएका थिए । 
 
परेड गणतन्त्र दिवस, बुद्ध जयान्ती र सगरमाथा दिवसको अवसर पारे गदै आएको हो । यस पटकको परेडको उदघाटन पुर्व मन्त्रि तथा नेपाली काग्रेसकी केन्द्रिय  सदस्य डिना महालक्ष्मी उपाध्याले गरेकी थिइन भने परेडमा मार्सलको रुपमा सिटि काउन्सील मेम्बर टेवन्टीटुका कोष्टका कोन्टन्टीन्डेसले गरेका थिए ।  
 
नाच्दै गाउदै अघि बडेको परेड अन्तमा सभामा परिणत भएका थियो । नेपाल र अमेरिकाको राष्ट्रिय गाना गाएर शुरु भएको परेडको सभामा पाच जना कन्भेनर मध्येबाट कन्भेनर रवि कोइरालाले उपस्थित सवैलाई स्वागत गरेका थिए । त्यस्तै काउन्सील मेम्बर कोष्टले न्युयोर्कमा सिटिमा सफलतापुर्वक परेड गरेर नेपालको चिनारी दिएको भनी सवैलाई धन्यवाद दिदै परेड आयोजक समितिलाई सम्मान पत्र दिएका थिए ।
 
कार्यक्रममा नेपाली महाबाणिज्यदुत मधु मरासिनीले सफलतापुर्वक परेड गरेकोमा सबैलाई बधाई दिदै भविष्यमा यस्तो कार्यक्रम निरन्तरता दिनका लागी आग्रह गरेका थिए । त्यस्तै प्रमुख अतिथि डिना लक्ष्मीले न्युयोर्कमा भएको नेपाल परेडले विश्वमा नेपाल चिनाउनमा महत्वपुर्ण योगदान पुर्याएकोले आफुलाई खुसी र गौरव लागेको बताएका थिए । परेड गर्नका लागी सहयोग गर्नेहरु र परेड सफल पार्नका लागी सहाभागी सबैलाई एनआरएन न्युयोर्क च्याप्टरका संयोजक अधिकारीले धन्यवाद ज्ञापन गरेका थिए । 
 
कार्यक्रममा किराती राई समुदायको तर्फबाट सिलि नृत्य, नेवार समुदायबाट मन्जुश्री नृत्यु, शेर्पा समुदायको लोक नृत्य 'सेबरु' र बालबालिकाहरुले नेपाली नृत्य प्रस्तुत गरेका थिए । यस पटकको परेडमा कलाकार संघका पुर्व अध्यक्ष एवं परेडको कन्भेनर गम्बु शेर्पाले कलाकारहरुको संयोजन गरेका थिए । डोमा शेर्पा र विकि पुलामीद्धारा रोचक ढंगले सञ्चालन गरेको सभामा गायकहरु जगदीश समाल, गम्बु शेर्पा, अभय ढुङगेल, सानु शेर्पा र फारा देण्डी शेर्पाले गीत प्रस्तुत गरेका थिए ।
 
यस पटकको परेड जनजाती महासंघ अमेरिका फिपना लगायत विभिन्न सस्थाहरुले बहिष्कार गर्नुको साथै मौसम विग्रन्छ भन्ने अनुमानको कारण विगतको जस्तो ठुलो संख्यामा सहाभागी नभएपनि करिब १५ सय देखि २ हजारको हाराहारीमा सहाभागी रहेको आयोजक समितिका संयोजक रामहरि अधिकारीले बताए । यस पटकको परेडको लागी ५ जना कन्भेनर तथा ४७ सदस्यीय स्टेरिङ कमिटि गठन गरेको थियो । तस्बिर: अशोक पन्त