मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

योगी चिन्तामणिद्वारा बालबालिकालाई शिविर सञ्चालन हुँदै

योगी चिन्तामणिद्वारा बालबालिकालाई शिविर सञ्चालन हुँदै


 
ड्यालस (टेक्सस) – नेपाली समुदायका बालबालिकाहरुलाई आध्यात्मिकतावादका बारेमा शिक्षा दिनका लागि योगी चिन्तामणिले यो वर्ष पनि ड्यालसमा शिविर सञ्चालन गर्ने भएका छन् ।
 
नेपाली आध्यात्मिक तथा सांस्कृतिक केन्द्रको आयोजना तथा नेपाली समाज टेक्ससको सहयोगमा यस वर्ष पनि बालबालिकाका लागि शिविर हुन लागेको हो । जुन ३० देखि जुलाई ८ सम्म हुने आध्यात्मिक शिविरमा बालबालिकाका लागि नैतिक शिक्षा, योग, हिन्दु धर्म संस्कृति सिकाइने जनाइएको छ । 
 
गत वर्ष पनि यही समयमा योगीले बालबालिकाहरुलाई शिविर सञ्चालन गरेका थिए । स्कुल छुट्टी भएको समयमा परेको हुनाले धेरै नेपाली अभिभावकहरुले आफ्ना बाबुनानीहरुलाई शिविरमा सहभागी गराएका थिए । यस पटक पनि अभिभावकहरुले शिविरप्रति निकै चासो राखेकाले नियमितता दिइएको हो । 
 
पाँच वर्षभन्दा माथि उमेरका बालबालिकालाई सहभागी गराइने शिविरको शुल्क एकसय डलर राखिएको छ । यस पटक शिविर सञ्चालनका लागि समिर ज्ञवालीको संयोजकत्वमा १३ जनाको व्यबस्थापन समिति गठन गरिएको केन्द्रका महासचिव सुरेशचन्द्र पोखरेलले जनाएका छन् ।  
 
समितिका सदस्यहरुमा कृष्ण लामिछाने, कमल सापकोटा, उत्तम लामिछाने, भानु खरेल, ज्योति ओझा, धर्म घिमिरे, लक्ष्मी अधिकारी, सुदीप अधिकारी, बाल जोशी, सुजीत पोखरेल, विनोद योगी र शिव काफ्ले रहेका छन् । समितिमा अावश्यकता अनुसार सदस्यहरू थप्न सकिने समेत जनाइएको छ । 
 
तस्वीरः गत वर्षको फाइल