मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

अन्कनले भोली ‘भोलिन्टियर अप्रिसिएसन कार्यक्रम’ को आयोजना गर्दै

अन्कनले भोली ‘भोलिन्टियर अप्रिसिएसन कार्यक्रम’ को आयोजना गर्दै


टेक्सस(अमरिका)-  USA Nepal Community Outreach Network (UNCON) ले भोली मे १९ शनिवारका दिन दिउसो ३ बजे देखि ६ बजे सम्म 'अन्कन डे' को अवसर पारेर नेपाली समाज टेक्ससको हल मा 'भोलिन्टियर अप्रिसिएसन कार्यक्रम' को आयोजना गरिएको जानकारी कार्यक्रम संयोजक विलास उपाध्यायले बताउनुभयो। 
 
हरेक बर्ष आयोजना गरिने यस कार्यक्रममा अन्कनले आफ्ना बार्षिक गतिबिधि सर्वसाधारणको जानकारीको लागि प्रस्तुत गर्नुको साथै आफ्ना बार्षिक कार्यक्रमका स्वयम् सेवकहरुलाई सम्मान प्रदान गर्ने गरेको छ। 
 
भोली गरिने कार्यक्रममा भने ड्यालस पुलिस डिपार्टमेन्टको तर्फबाट 'आइ डी थेप्ट र यसबाट जोगिने उपायहरु' र डा.माया उपाध्यायको 'प्रिभेण्टिभ केयरको महत्व' सम्बन्धी बिषयमा प्रजेण्टेसन समेत राखिएको जानकारी संस्थाका निबर्तमान अध्यक्ष प्रकाश गौतमले दिनुभयो। 
 
भोली हुने कार्यक्रममा अग्नी संजेलले 'प्रिसाइडिङ्ग अफिसर' को बारेमा जानकारी गराउनुहुनेछ भने बटुक बिष्टले कार्यक्रम संचालन, प्रकाश गौतमले अन्कनको अहिलेको अवस्था तथा कार्यबिबरण, लक्ष्मी ओलीले युथ सेसन संचालन गर्नुहुनेछ। 
 
यस संस्थाका अमेरिका र नेपालमा धेरै प्रोजेक्टहरु द्रुत गतिमा अघि बढिरहेको छ र सो सम्बन्धमा बिलाश उपाध्यायले अमेरिकामा संचालनमा रहेका प्रोजेक्टहरु, देवेन्द्र शाहले नेपालमा संचालनमा रहेका प्रोजेक्टहरु, अच्युत रिजालले भविष्यका निमित्त तयार रहेका नेपालका प्रोजेक्टहरुको बारेमा जानकारी गराउनुहुनेछ। 
 
यस कार्यक्रममा सहभागी भइदिन हुन अध्यक्ष नरेश पाण्डे तथा उपाध्यक्ष थलराज पन्तले सम्पुर्ण ड्यालसबासीहरुमा हार्दिक आव्ह्वान गर्नुभएको छ।