इण्डियन प्रिमियर लिग आईपीएलमा नेपाली क्रिकेटर सन्दीप लामिछानेले आज डेब्यू गर्ने भएका छन् । उनले रोयल च्यालेन्जर्स बैंग्लोरविरुद्ध खेल्ने बताइएको छ ।
सन्दीप लामिछाने आईपीएल टिममा आवद्ध हुने पहिलो नेपाली क्रिकेटर हुन् । दिल्लीले उनलाई २० लाख भारुमा टिममा भित्र्याएको थियो । तर, लगातार ११ खेल बेञ्चमा रहे ।
११ मध्ये मात्र ३ खेल जितेको दिल्ली अंक तालिकाको पुछारमा छ र समूह चरणबाटै बाहिरिने सम्भावना बढी छ ।
मोदीले लिए सन्दीपको नाम
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले इन्डियन पिमियर लिग (आईपीएल)मा नेपाल पनि जोडिएको भन्दै खुसी व्यक्त गरेका छन् ।
नेपालको राजकीय भ्रमणमा रहेका भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई काठमाडौं महानगरपालिकाले गरेको नागरिक अभिनन्दन कार्यक्रममा उनले खुसी व्यक्त गरेका हुन् ।
नागरिक अभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्दै उनले सन्दीप लामिछानेको नामसमेत लिएका छन् । सन्दीप आईपीएलमा जोडिए पनि अहिलेसम्म खेल खेल्न भने पाएका छैनन् ।
प्रतिक्रिया