मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

स्व कमलाको टेक्सस ड्यालसमा अन्तेष्ठी (श्रद्धान्जली सभाको भिडियो सहित)

स्व कमलाको टेक्सस ड्यालसमा अन्तेष्ठी (श्रद्धान्जली सभाको भिडियो सहित)


हिमालयखवर संवाददाता
ड्यालस (अमेरिका) – अल्पायुमे निधन भएकी ड्यालसकी समाजसेवी कमला शाक्यको शुक्रवार अन्त्येष्टी गरियो । 
 
केही महिना देखि क्यान्सरको पीडामा रहेकी कमलाको अन्तेष्ठीमा ठुलो संख्यामा नेपाली समुदायको समहभागिता थियो । अन्तेष्टीमा उनका पति स्वयम्भू शाक्यले स्व. कमलासँगका स्मरण सुनाएका थिए । 
 
पाँच दिन अघिसम्मपनि आफुहरु आशावादी रहेको उल्लेख गर्दै शाक्यले क्यान्सरको जस्तो पीडा कसैले पनि भोग्नु नपरोस् भनि प्रार्थना गरेका थिए । 
 
विद्यार्थीका रुपमा अमेरिका आएकी कमला पेशाले नर्स थिईन् । करिव दुइ दशक अघि अमेरिका आएकी कमला समाजसेवाकी लागि नेपाली समुदायमा परिचित थिईन । उनको समाजमा भएको सकृयातालाई सम्मान गर्दै उनको अन्तेष्ठीमा नेपाली समुदायले भावविभोर भएर श्रध्दाञ्जली व्यक्त गरेका थिए । त्यस अवसरमा नेपाली समुदायको उल्लेख्य सहभागिता थियो । 
 
स्व. शाक्यको हिन्दु र बैाध्द दुबै परम्परा अनुसार अन्तिम संस्कार गरिएको थियो । उनको पार्थिब शरिरमा छोराले दागबत्ति दिएका थिए । उनका १५ वर्षिय छोरा र ७ बर्षकी एक छोरी छन् ।
 
श्रद्धान्जली सभाको भिडियो:

शेयर गर्नुहोस:

27
Shares