मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

पूर्व प्रथम महिला बारबरा बुसको निधन

पूर्व प्रथम महिला बारबरा बुसको निधन


हिमालयखवर संवाददाता
अमेरिका-
अमेरिकाका पूर्व प्रथम महिला बारबरा बुसको ९२ वर्षमा मंगलवार निधन भएको छ । बुस परिवारमा मजबुत नेतृत्व दिएकी रिपव्लिकन पार्टीकी बफादार कार्यकता बारबरा शीतयुद्ध लगत्तै पति जर्ज एच डब्लु बुस राष्ट्रपति हुदां प्रथम महिलाका रूपमा वाइटहाउस प्रवेश गरेकी थिइन । उनका पतिमात्र होइन छोरा जर्ज डब्लु बुस पनि पछि अमेरिकाको राष्ट्रपति बने । 
 
अमेरिकाको इतिहासमा पति र छोरा दुवै राष्ट्रपति हुने उनी दोस्रो महिला हुन् । 
 
प्रथम महिला हुदां मसिनो स्वरमा बोल्ने, आफ्नै विशेष स्टाइलको कपाल र नेकलेस उनका पहिचान थिए । सन् १९९३ मा दोस्रो कार्यकालका लागि पति निर्वाचित हुन नसकेपछि उनी चारबर्षमै ह्वाइहाउसवाट वाहिरिएकी थिइन । त्यहाँबाट वाहिरिएपछि उनले छोराहरू जर्ज र जेव बुसका पक्षमा जनमत बनाउन सक्रिय भएकी थिइन । जेव बुसपनि राजनीतिमा छन् । जेव गत राष्ट्रपति निर्वाचनमा पार्टी भित्रको उम्मेवार बन्न प्रतिस्पर्धामा थिए । तर, उनी पार्टीबाट मनोनय हुन सकेनन् ।
 
बारबराका ६ जना सन्तान थिए । ती मध्ये एक छोरीको क्यान्सरबाट मृत्यु भएको थियो । बारम्बराले पति बुसलाई टेक्ससको राजनीति देखि चीनका लागि अमेरिकी राजदूत, सिआईएको निर्देशक, उपराष्ट्रपति र राष्ट्रपति हुदां निकट रहेर सहयोग गरेकी थिइन । उनले महिला अधिकारका वारेपटक पटक सार्वजनिक रूपमा अभिव्यक्ति दिएकी थिइन् । 
 
बारबरा जुन ८ १९२५ मा न्युयोर्कमा सम्पन्न परिवारमा जन्मेकी हुन् । उनले साउथ क्यारिलोनाको प्रतिष्ठित बोर्डिग स्कुलमा पढ्ने मौका पाइन । त्यही उनको भावी पतिसँग भेट भएको थियो । त्यस बेला उनी १६ वर्षकी मात्र थिइन । बुस एक वर्ष जेठा थिए । कयौँ प्रेमपत्रको अदान प्रदान हुँदै गर्दा साढे १ वर्ष पछि जर्ज बुससँग उनको कुरा छिनिएको थियो । तर, त्यहीवेला नेभीमा संलग्न भई बुस दोस्रो विश्वयुद्धमा होमिए । त्यस बेला बुस फाइटर प्लेन उडाउने सबैभन्दा युवा पाइटल थिए । जर्ज बुस युद्धपछि हिरोका रूपमा घर फर्किएका थिए । बारबरा र बुसको विवाह भने सन् १९४५ मा भयो । उनले पतिकै घर टेक्ससमा परिवारलाई हुर्काउने जिम्मेवारी सम्हालिन् । 
 
पल्छिलो एक वर्ष यता उनलाई विभिन्न प्रकारका रोगले सताएको थियो । त्यही कारण उनको निधन भयो । उनका अहिले १७ जना नाति नातिना छन् । फोटो: सामाजिक संजाल