मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

अमेरिकामा काम गर्न पाउने एचवान बी भिसा आवेदक घटे

अमेरिकामा काम गर्न पाउने एचवान बी भिसा आवेदक घटे


अमेरिकामेरिकाले दक्ष विदेशीलाई यहाँ आएर काम गर्न अनुमति दिने चर्चित एच १ बी भिसाका लागि आवेदन गर्नेको संख्या यसबर्षपनि घटेको छ । 
 
अमेरिकाको यस सम्वन्धि मुख्य निकाय युएस सिटिजनसीप एण्ड इमिग्रेशन सर्भिसेज (यूएससीआईएस)ले मंगलवार एचवान बी भिसाका लागि आवेदन गर्नेको संख्या लगातार दुई बर्ष यता घटेको तथ्यांक सार्बजनिक गरेको हो । 
 
ह्वाइट हाउसको आप्रावासी प्रति अनुदार नीति, एच १ बी भिसा प्राप्त गर्न थप कडाई जस्ता कारणले आवेदन घटेको अनुमान गरिएको छ । 
 
मुख्यत एच १ बी भिसा अमेरिकाका प्राविधिक कम्पनीले दक्ष कामदारको आवश्यकता पुरा गर्न उपयोग गर्दै आएका छन । यस बर्ष एन १ बी भिषाका लागि अप्रिल २ मा पाँच दिनका लागि आवेदन खुल्ला गरिएको थियो । यस बर्ष १ लाख ९० हजार ९८ जनाले एच १ बी भिसाका लागि आवेदन दिएका छन् । सन् २०१७ मा यसरी आवेदन दिनेको संख्या १ लाख ९९ हजार थियो । सन् २०१४ पछि यो संख्या २ लाख भन्दा तल झरेको थियो । 
 
अमेरिकाले बार्षिक जम्मा ८५ हजारलाई मात्र एन १ बी भिषा प्रदान गर्छ । जस मध्ये २० हजार मास्टर डिग्री प्राप्तभएकालाई छुट्याईएको छ । यो निवेदन माग गरिएको अवधिमै आवश्यकता भन्दा बढीको आवेदन परेको भने छैठौ पटक हो । यसरी आवश्यकता भन्दा धेरै आवेदन पर्यो भने चिठ्ठा प्रणाली (लटरी) मात्र पाउनेको नाम छानिन्छ । 
 
यूएससीआईएसले आवेदन संख्या किन घट्यो यसका वारेमा केही खुलाएको छैन् । तर, पनि अमेरिकामा यो भिसा पाउनेका भविष्य अन्यौल भएका कारण कम आवेदन परेको अनुमान गरिएको छ । 
 
अमेरिकामा आवश्यकता अनुसार कुनै क्षेत्रमा पर्याप्त दक्ष व्यक्ति उपलव्ध नभएमा एच १ बी भिसाको माध्यमबाट पुरा गरिन्छ । तर, राष्ट्रपति डोनाल्ड ट्रम्पले यो कार्यक्रमको व्यापक दूरपयोग भएको बताएका थिए । यस भिसाबाट दक्ष व्यक्ति भन्दा पनि अर्धदक्ष व्यक्तिहरु आउने गरेको भन्दै यो कार्यक्रम  विवादमा आएको थियो । 
 
एन १ बी भिसा प्राप्त गरी अमेरिका आउनेमा सबैभन्दा धेरै भारतीयको संख्या छ । केही नेपालीहरुले पनि यस्तो भिषामा यहाँ काम गर्न आउँछन् । तर, यो संख्या ज्यादै थाेरै छ ।
 
यूएससीआईएस गत फ्रेवअरी महिनामा यस्तो भिषा आवेदकका लागि थप प्रावधानहरु राखेको थियो । जुन कामका लागि यहाँ आएका हुन त्यही कम्पनीमै काम गरुन भन्ने  उद्देश्य नयाँ नीतिमा समेटिएको थियो ।