मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिकाको ह्युस्टनमा नयाँ बर्ष र नेपाल डे को रमझम

अमेरिकाको ह्युस्टनमा नयाँ बर्ष र नेपाल डे को रमझम


हिमालयखवर संवाददाता- 
ह्युस्टन, टेक्सास । अप्रिल ७, शनिबार । ६७७६ साउथवेस्ट एट्रिएममा बिहानैदेखि चहलपहल थियो । बाहिर गल्फकोस्ट रिजनल ब्लड सेन्टरको बडेमानको  बस पार्किङ्ग गरिएको थियो । 
 
उपकरणले सुसज्जित त्यो बसभित्र रगत दान गर्नेहरु तम्तयार देखिन्थे । उता भवनभित्र लबीको एउटा छेउमा नेप्लिज एसोसिएसन अफ ह्युस्टनको ब्यानरमा रक्तदान गर्नेहरुको विबरण तयार गर्न एउटा ग्रुप सक्रिय थियो भने अर्को छेउ भी-केयर कम्यूनिटी सेंटरको ब्यानरमा ब्लड प्रेसर र सुगर जाँच्नेहरु व्यस्त थिए ।
 
हरेक वर्ष झै यो वर्ष पनि नेप्लिज एसोसिएशन अफ ह्युस्टन नेपाली नयाँवर्ष र नेपाल डे मनाउने कार्यको शुभारम्भ यसरी गर्दै थियो । सिटी अफ ह्युस्टनबाट मान्यता प्राप्त नेपाल डे हरेक वर्ष मनाउने परम्परा अन्तर्गत यो नवौं अवसर हो । 
 
शनिवार सम्पन्न भएको कार्यक्रममा जम्मा ३४ जनाले रक्तदान गरेको जानकारी कार्यक्रमकि संयोजक प्रशान्ति पंडितले दिइन् । नेप्लिज एसोसिएशनले आयोजना गर्ने प्राय रक्तदान कार्यक्रमको संयोजन प्रशान्तिले नै सफलतापुर्वक गर्ने गरेकिछन् । 
 
गल्फकोर्स रिजनल ब्लड सेंटरको सहयोगमा आयोजित उक्त कार्यक्रममा लायन्स क्लब अफ एवार्ड्स ,फोर्टबेन्ड नेप्लिजले पनि सहभागिता जनाएको थियो । 
 
अर्कोतिर भी-केयर कम्यूनिटी हेल्थ सेंटरले पनि एनएएचसंग मिलेर समुदायलाई यसरी नै स्वास्थ्यसेवा उपलब्ध गराउदै आएको छ । 
 
यसैगरी एसोसिएसनले आउँदो शुक्रवार अप्रिल १३ मा  नयाँवर्ष २०७५ साँझ आयोजना गरेको छ । 
 
पशुपति मन्दिर र सामुदायिक केन्द्रको नयाँ व्यवस्थापन समिति
यसैबीच शनिवार यहाँ बसेको ट्रष्टीहरुको बैठकले  दिनकर अमात्यको अध्यक्षतामा २१ सदस्यीय पशुपति मन्दिर एवम् नेपाली सामुदायिक केन्द्रको  व्यवस्थापन  समिति गठन गरेको छ । 
समितिका सदस्यहरुमा ज्योति घिमिरे , मधुकर अमात्य , ज्ञानेश्वर श्रेष्ठ , चन्द्रकान्त शर्मा , विष्णु नेपाल र रविन श्रेष्ठ छन् । 
 
त्यसैगरी कौशल झा , सुवास पौडेल , विजय वोखिम , लोकहरि कंडेल , दीपक रायमाझी ,बाबुराम ज्ञवाली , द्रोण गौतम , रामकॢष्ण सापकोटा र विनोद श्रेष्ठ सदस्य छन् । 
सदस्यहरुमा पबन श्रेष्ठ , चेज गुरुङ्ग , सुजन पण्डित , बिटु केसी र शेष बराल पनि छन् । 
 
ट्रष्टी बैठकले  हालसम्मको आर्थिक र  प्राविधिक पक्षमा भएका कामको समीक्षा गर्दै बॢहद कार्ययोजनालाई युध्दस्तरमा अघाडि बढाउने प्रतिवध्दता पनि जनाएको छ ।