मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

आस्क फाउन्डेसनको सभा सहित फण्डरेज प्रोग्राम सम्पन्न

आस्क फाउन्डेसनको सभा सहित फण्डरेज प्रोग्राम सम्पन्न


कोलोराडो (अमेरिका)- आस्क फाउन्डेसनले दोस्रो साधारण सभा गाला डिनर तथा सांस्कृतिक कार्यक्रम गरेर सम्पन्न गरेको छ । 
 
मुटु रोग बिशषज्ञ डा. रोशनी थापा अध्यक्ष रहेको उक्त संस्थाका सुरूमा पदाधिकारीको परिचयतात्मक कार्यक्रम राखिएको थियो । कार्यसमितिका पदाधिकारीहरूमा डा.पंकज तिमिल्सिना (सचिव) सुनिल आचार्य (कोषाध्यक्ष) अतुल रायमाझी (सूचना सञ्चार र प्रशासन प्रमुख) र उपसचिव स्विकृती उपाध्याय रहेका छन्। 
 
नेपालको दुर्गम भागमा टेलि-मेडिसिन, स्वास्थ्य, शिक्षा जस्ता क्षेत्रमा सहयोग पुर्‍याउँदै आएको आस्क फाउन्डेसनले आयोजना गरेको फण्डरेज डिनर नाइटमा विभिन्न संघसंस्थाका प्रतिनिधि तथा सहयोगी व्यक्तित्वहरू सहभागिता थियो। 
 
आकृति पौडेलले सञ्चालन गरेको उक्त कार्यक्रममा सम्झना पाण्डे र दीपक गौतमले आफ्नो गायनबाट संगीतमय वातावरण सिर्जना गरेका थिए । त्यस अवसरमा स्विकृती उपाध्याय, रुचि र भुपेन्द्र महतको गजल तथा अभ्यास र आयुशा भट्टराईको नृत्य अझ रोचकता थपेको थियो । साथै आस्क फाउन्डेसनलाई सहयोग गर्ने व्यक्तिहरूलाइ सम्मान समेत गरिएको थियो।
कार्यक्रम कोलोराडो स्थित याक एन्ड यति रेस्टुरेन्टमा सम्पन्न भएको थियो।

शेयर गर्नुहोस:

0
Shares