कोलोराडो (अमेरिका)- आस्क फाउन्डेसनले दोस्रो साधारण सभा गाला डिनर तथा सांस्कृतिक कार्यक्रम गरेर सम्पन्न गरेको छ ।
मुटु रोग बिशषज्ञ डा. रोशनी थापा अध्यक्ष रहेको उक्त संस्थाका सुरूमा पदाधिकारीको परिचयतात्मक कार्यक्रम राखिएको थियो । कार्यसमितिका पदाधिकारीहरूमा डा.पंकज तिमिल्सिना (सचिव) सुनिल आचार्य (कोषाध्यक्ष) अतुल रायमाझी (सूचना सञ्चार र प्रशासन प्रमुख) र उपसचिव स्विकृती उपाध्याय रहेका छन्।
नेपालको दुर्गम भागमा टेलि-मेडिसिन, स्वास्थ्य, शिक्षा जस्ता क्षेत्रमा सहयोग पुर्याउँदै आएको आस्क फाउन्डेसनले आयोजना गरेको फण्डरेज डिनर नाइटमा विभिन्न संघसंस्थाका प्रतिनिधि तथा सहयोगी व्यक्तित्वहरू सहभागिता थियो।
आकृति पौडेलले सञ्चालन गरेको उक्त कार्यक्रममा सम्झना पाण्डे र दीपक गौतमले आफ्नो गायनबाट संगीतमय वातावरण सिर्जना गरेका थिए । त्यस अवसरमा स्विकृती उपाध्याय, रुचि र भुपेन्द्र महतको गजल तथा अभ्यास र आयुशा भट्टराईको नृत्य अझ रोचकता थपेको थियो । साथै आस्क फाउन्डेसनलाई सहयोग गर्ने व्यक्तिहरूलाइ सम्मान समेत गरिएको थियो।
कार्यक्रम कोलोराडो स्थित याक एन्ड यति रेस्टुरेन्टमा सम्पन्न भएको थियो।







प्रतिक्रिया