मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

ड्यालस एभरेष्टले अाइतबार किड्न वाक गर्दै

ड्यालस एभरेष्टले अाइतबार किड्न वाक गर्दै


हिमालयखबर सम्बाददाता 
टेक्सास – अमेरिकाका नेपालीद्वारा खोलिएको ड्यालस एभरेष्ट लायन्स क्बलले अाउँदो अाइतबार मा किड्नी वाक गर्ने भएको छ । 
 
२००३ मा स्थापित ड्यालस एभरेष्ट लायन्स क्लबले नेपालमा बिभिन्न काममा सहयोग गर्दै आएको छ । यो क्लब अमेरिकाकै पहिलो लायन डिस्ट्रिक क्लब ड्यालस अन्तरगत पर्दछ। यस क्लबद्वार अप्रिल ८ मा टेक्ससको अर्भिंग शहरको टिडब्ल्यू रिचर्डसन ग्रोभ पार्कमा दिउँसो १२ देखि ४ बजे सम्म हुने ‘किड्नी वाक २०१८’ कार्यक्रमको आयोजना हुँदैछ । 
 
अर्भिंग शहरका मेयर रिक स्टोफरको प्रमुख आतिथ्यता रहने पदयात्राको नेतृत्व लायन्स क्लबका डिस्ट्रिक्ट गभर्नर हेनरी ह्वाइटले गर्नेछन्। अभियानमा नेपाली-अमेरिकन लगाएत स्थानीय दर्जनौं डाक्टरहरुले ऐक्यवध्दता सहित सहभागी हुने कार्यक्रम रहेको छ। 
 
पदयात्राको उद्देश्य मृगौला स्वास्थ्य एवम् मृगौला रोग सम्वन्धी जनचेतना जगाउने र बिभिन्न दाताहरुले सहयोग स्वरुप प्रदान गरेको रकम संकलन गरी नेपालमा गरिब तथा असहाय मृगौला बिरामीहरुलाई निःशुल्क सेवा दिने रहेको छ।  सो अबसरमा बिभिन्न सांस्कृतिक प्रस्तुतिहरु रहनेछन् । त्यस्तै रमाइला खेलहरुको समेत आयोजना गरिएको छ भने कार्यक्रममा प्रबेश शुल्क १० डलर राखिएको छ।
 
पदयात्रा अभियानबाट संकलित रकमबाट नेपाल स्थित आरोग्य फाउण्डेसनको संयोजनमा डायलेसिस केन्द्रहरु स्थापनामा समेत सहयोग गरिने आयोजक डालास एभरेष्ट लायन्स क्लबका उपाध्यक्ष एवं किड्नी प्रोजेक्टका संयोजक थलराज पन्तले जानकारी दिए । यसअघि पनि क्लबले यसै गरी वाक गरेर संकलित रकम आरोग्य फाउण्डेसनलाई सहयोग गरेको थियो। 
 
जन कल्याणको यस ‘किड्नी वाक्’मा सक्रिय सहभागिता जनाइदिन र यस क्लबको सामाजिक अभियानलाई सहयोग गरिदिन समेत संयोजक पन्तले अपिल गरेका छन्।
 
नेपालमा ठुलो जनसंख्या यो सेवाबाट बन्चित रहेको अहिलेको अबस्थामा डालस एभरेस्ट लायन्स क्लबले भबिष्यमा अमेरिकाका अरु संघ संस्थाहरुसँग मिलेर हरेक प्रदेशमा केन्द्र स्थापना गर्ने उद्देश्य समेत रहेको छ । नेपालमा मृगौला रोगीहरुको संख्या वर्षेनी बढिरहेका छन् । हाई ब्लड प्रेसर, डाइबिटिज रोगको कारण मृगौलामा समस्या आउने हुनाले समयमै डाइबिटिज र मृगौला रोगको पहिचान गर्न सकिएमा पीडितको ज्यान बचाउन सकिन्छ। उक्त कामको लागि डायलेसिस केन्द्रको आबश्यकता महशुस गरि सो कार्यमा सक्दो सहयोग गर्न यो पदयात्रा आयोजना गरिएको हो I