मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

अदालतद्वारा सलमान खानलाई जमानत

अदालतद्वारा सलमान खानलाई जमानत


जोधपुर, भारत । भारतको एक अदालतले सन् १९९८ मा दुर्लभ कृष्णसारको शिकार गरेकोमा दोषी ठहर गरिएका चर्चित भारतीय अभिनेता सलमान खानलाई जमानतमा रिहा गर्न अनुमति दिएको उनका वकीलले बताएका छन् । 
 
भारतीय सञ्चारमाध्यमसँग वकील महेश बोहोराले भने, "एक जना न्यायाधीशले जमानतका लागि स्वीकृति दिँदै हस्ताक्षर गर्नुभएको छ । सम्भवत उहाँ शनिबार नै जोधपुर जेलबाट छुट्नु हुनेछ ।" 
 
विश्वका केही धेरै पारिश्रमिक लिने अभिनेतामध्येका सलमान खानलाई बिहीवार राजस्थान राज्यको जोधपुरस्थित एक अदालतले दोषी ठहर गर्दै पाँच वर्षको जेलसजाय सुनाएको थियो भने १० हजार रुपैयाँ जरिवाना गराएको थियो । -रासस / एएफ्पी

शेयर गर्नुहोस:

0
Shares