हिमालयखवर संवाददाता
अमेरिका- करिब एक वर्ष अघि अमेरिकाको न्यूजर्सीमा आयोजित नवौँ क्षेत्रीय सम्मेलनमा एनआरएन अमेरिकाले नेपालबाट सहभागी हुनेलाई निमन्त्रणा पठाउदां अमेरिकी दूतावासलाई भिसाका लागि अनुरोध पत्रलाई लिएर विवाद उठेको छ ।
एनआरएन अमेरिकाका यस अघिको कार्यसमितिका वरिष्ठ उपाध्यक्ष, उपाध्यक्षहरू लगायत १७ जना पूर्व पदाधिकारीले उक्त निमन्त्रणा पत्रमा उल्लिखित नामका बारेमा आफूहरूलाई कुनै जानकारी नभएको बताउँदै त्यस पत्रको सम्बन्धित निकायलाई छानबिनको माग गरेका छन् ।
पूर्व पदाधिकारी द्धारा शुक्रवार जारी विज्ञप्तिमा त्यस पत्रको सम्बन्धित निकायले गहन अध्ययन तथा अनुसन्धान गरी सत्य तथ्य बाहिर ल्याई यस गरिमामय संस्थाको साख जोगाउन आग्रह गरिएको छ । विज्ञप्तिमा पूर्व पदाधिकारीले राम्रो कार्यमा हाम्रो साथ समर्थन र खवरदारी रहने प्रद्धिवद्धता पनि जनाएका छन् ।
एनआरएन अमेरिकाका अध्यक्ष डा केशव पौडेलले भने आफु र संस्थाबाट कुनै गलत कार्य नभएको दाबी गरेका छन् । कार्यक्रममा यति आफ्नो मान्छे ल्यायो जस्ता हल्ला विभिन्न सन्दर्भमा हुने गरेको उल्लेख गर्दै डा पौडेलद्धारा शुक्रवार नै जारी विज्ञप्तिमा कार्यक्रममा नेपालबाट आउने सहभागीलाई निमन्त्रणा पत्र पठाउँदा कुनै गलत कार्य नभएको उल्लेख गरेका छन् ।
डा पौडेलले विज्ञप्तिमा निहित स्वार्थवश यस्ता हल्ला गर्नेलाई कानुनी उपचारको बाटो खोज्न चुनौती पनि दिएका छन् । उनले मानव तस्करी अमेरिकामा अपराध मानिने हुदां यस तर्फ सकर्त हुन पनि नेपाली समुदायलाई अपिल गरेका छन् ।
प्रतिक्रिया