मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

ड्यालसको नयाँ वर्षकपमा इन्द्रेणी पनि खेल्दै

ड्यालसको नयाँ वर्षकपमा इन्द्रेणी पनि खेल्दै


हिमालयखवर संवाददाता
ड्यालस (टेक्सस) – नेपाली नयाँवर्षको अवसरमा ड्यालसमा हुन लागेको नयाँवर्ष कप फुटबल प्रतियोगितामा पहिलोपल्ट इन्द्रेणी सांस्कृतिक टीमले समेत सहभागिता जनाउने भएको छ ।
अाइतबार हुन लागेको प्रतियोगितामा २० वटा टीमले सहभागिता जनाउँदैछन् । ड्यालसको ग्रेपभाइनमा हुने प्रतियोगितामा लामो समयदेखि सांस्कृतिक क्षेत्रमा कृयाशील इन्द्रेणीले फुटबल प्रतियोगितामा सहभागिता जनाउन लागेको हो । 
 
ड्यालसको डिएफडब्लु हिमालयज फुटबल क्लबले 'सेभेन ए साइड' फुटबल प्रतियोगिता अायोजना गर्न लागेको हो । क्लबले हरेक वर्ष नेपाली नयाँ वर्षको अवसरमा प्रतियोगिता गर्दै अाएको छ । क्लबले अायोजना गरेको यो तेस्रो पटक हो । 
 
‘खेलाडीहरूलाइ पनि समेटेर अघि बढ्ने नीति अनुसार पहिलोपल्ट फुटबल प्रतियोगितामा टीम समेत खडा गरेर सहभागिता जनाउन लागेका हाैँ,' इन्द्रेणीका अध्यक्ष ताराप्रसाद भुसालले भने । इन्द्रेणीले यसअघि दशैँ, तिहार, तीज, नयाँवर्ष लगायतका सांस्कृतिक कार्यक्रम गरेर नेपाली समुदायलाइ समेट्दै अाएको छ । 
 
टीमका व्यबस्थापक सोफिन थापाका अनुसार इन्द्रेणी सांस्कृतिक संघको टीमको सम्पूर्ण तयारी पुरा भैसकेको छ । टीमको कप्तानी रूपक खड्काले सम्हाल्ने भएका छन् । 
 
इन्द्रेणी सांस्कृतिक संघकी संस्थापक तथा प्रवासी नेपाली मञ्चकी उपाध्यक्ष यमुना भट्टराइले खेलाडीहरूको विकास गर्ने र उनीहरूलाइ प्रोत्साहन दिने उदेश्यले टीम दर्ता गरेर सहभागिता जनाउन लागेको बताइन् ।  
 
प्रतियोगितामा पहिलो हुने टीमले ट्रफी सहित नगद पुरस्कार समेत पाउनेछन् । पहिलो हुने टीमले ट्रफी सहित नगद एकहजार पाँचसय डलर नगद र दोस्रो हुने टीमले सातसय डलर पुरस्कार पाउनेछन् । त्यस्तै उत्कृष्ठ खेलाडीलाइ समेत पुरस्कारको व्यबस्था गरिएको अायोजकले जनाएका छन् । 
 
यसपटकको प्रतियोगितामा ड्यालसका अतिरिक्त लुजियाना, अोक्लाहोमा र लसएन्जलसका टीमहरू पनि सहभागी हुँने क्लबका अध्यक्ष दिनेश थापाले बताए।